About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
विद्युत् चुहावट घटाउँदा प्राधिकरणलाई ७ अर्ब कमाइ

Darpanpost बिहिबार, माघ २४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – विद्युत् चुहावटमा लक्ष्यभन्दा बढी सफलता मिलेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा विद्युत् चुहावट प्रतिशत १५ दशमलव ४५ प्रतिशतमा झरेको प्राधिकरणको दाबी छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

गत आर्थिक वर्षमा औसत विद्युत् चुहावट २० दशमलव ४५ प्रतिशत थियो । यो आर्थिक वर्षमा चुहावट साढे १८ प्रतिशतमा झार्ने प्राधिकरणको लक्ष्य थियो । पहिलो ५ महिनामा लक्ष्यभन्दा बढी प्रगति भएको जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

चुहावट कम गर्न प्राधिकरणले आफ्नो विभिन्न वितरण केन्द्रलाई फरकफरक लक्ष्य दिएको थियो ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com