About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
देउवाको निर्णयले ओली सरकार विरुद्ध सडकमा जनता, फिर्ता मागे दिएको भोट !

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रुकुम पूर्व । आफैले जिताएका सांसदहरुविरुद्ध मतदाता विरलै सडकमा आउँछन् । विरोधका लागि उनीहरुले नाराजुलुस, सभा, बन्द हड्तालजस्ता कार्य पनि कमै मात्रामा गर्दछन् ।

तर रुकुम पूर्वका केही मतदाता भने आफूले दिएको मत फिर्ताको माग गर्दै आन्दोलनमा उत्रिएका छन् । जिल्ला सदरमुकाम विवादले तनावग्रस्त रुकुम पूर्वको गोलखाडा सदरमुकामका पक्षधरहरु गएको चुनावमा दिएको मत फिर्ताको माग गर्दै हस्ताक्षर संकलन कार्यमा जुटेका छन् ।

पुथाउत्तरगंगाका १४ वडा र भूमेका तीन वडाका नागरिकले गोलखाडा सदरमुकामको पक्षमा मत जाहेर गर्दा पनि संघीय तथा प्रदेश सांसदहरु केही नबोलेको भन्दै मत फिर्ताको मागसहित हस्ताक्षर अभियान थालिएको स्थानीय अगुवा पुणीराज घर्तीले जानकारी दिनुभयो । सेतो कपडामा मतदाताको हस्ताक्षर संकलन गरेर प्रतिनिधिसभाको संसद सचिवालय र प्रदेश सभाको सचिवालयमा पेश गरिने उनीहरुको भनाइ छ ।

संघीय सांसद कमला रोका तथा यो क्षेत्रमा प्रदेश सांसद तेजबहादुर ओली ‘प्रतीक’ हुनुहुन्छ । सांसदहरुले भने आफूहरुले मुद्दा अदालतमा विचाराधीन रहेकाले अहिले केही गर्न सक्ने अवस्था नरहेको भन्दै संयमित बन्न आन्दोलनकारीलाई अनुरोध गरेका छन् ।

यसअघि नै कांग्रेस सरकारले सरमुकामबारे विवादित निर्णय गरेपछि समस्या आएको र सहमतिका लागि निरन्तर लागिरहेको उनीहरुको प्रतिक्रिया रहेको छ।
रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगङ्गा गाउँपालिका–१२, गोलखाडामा राख्ने निर्णय गरेको थियो । देउवा नेतृत्व सरकारको त्यस निर्णयविरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएको थियो ।

रिट दर्ता भएको एक वर्षसम्ममा पनि सर्वोच्च सरकार र रिट निवेदकलाइ पटकपटक पेशी र साधारण तरिकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन ।सदरमुकाम विवादको विषयमा छलफल गर्न दुवै पक्षलाई सर्वोच्चले आउँदो माघ २७ गते बोलाएको छ ।माघ २७ गते नै अन्तिम फैसला हुने आशंकाका बीच रुकुमकोट र गोलखाडा पक्षधरहरुले विभिन्न दबाबमूलक कार्यक्रम गर्दै आएका छन् ।

sure : Nepali Abroad

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com