About Contact
१६ मंसिर २०८०, शनिबार
Close
बिज्ञापन
सरकारी गाडी जलाउने नेविसंघका नेता बिरूद्ध सार्वजनिक मुद्धा

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ । प्रहरीले सरकारी गाडी जलाउने नेविसंघका नेता डिफान भुजेलसहित ३ जनाबिरूद्ध सार्वजनिक अपराधको मुद्धा चलाएर अनुसन्धान अघि बढाएको छ। नेबिसंघका नेताहरूले पोखराका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थिए।

गाडी जलाएपछि प्रहरीले ५ जनालाई प्रक्राउ गरेको र तीमध्ये लक्ष्मी पौडेल र राजेन्द्र बराल रिहा भैसकेका छन् । तर प्रहरीले ३ जनालाई हिरासतमै राखेर सार्वजनिक अपराधको मुद्धा चलाइ अनुसन्धान गरिरहेको छ । डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलविरुद्ध प्रहरीले मुद्दा चलाएको हो।

पक्राउ परेकालाई मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाइएको प्रहरीले जानकारी दिएको छ । उक्त ऐनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ।यसै व्यवस्था अनुसार विद्यार्थी नेताहरुलाई कारबाही भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। साथै, सार्वजनिक सम्पत्तिमा क्षति भएमा ४ वर्ष सम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र क्षति अनुसारको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ।

दैनिकीवाट

सम्बन्धित

ताजा अपडेट
देवदहमा प्रथम मिडिया कप ‘सेभेन-ए साइड’ सुरु
महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छः मन्त्री शर्मा

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

कार्यकारी सम्पादक: धना पन्थी

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Lumbini Province, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com