About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
रुकुमको जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

रुकुम – कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो ।

सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाड सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यँहा कुनै संरचना थिए न सरकारी कार्यालय नै तत्काल त्यहाँ जान माने । यो समाचार आजको नेपाल समाचारपत्रमा नरेन्द्र केसी र धनवीर दाहालले लेखेका छन् ।

बरु, रुकुमकोटमा चर्को असन्तुष्टि देखियो ।

सर्वोच्च अदालतले गोलखाडा सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेपछि केही समय मत्थर भएको सदरमुकाम विवाद अहिले पुनः बल्झेको छ ।

यसअघिका आन्दोलनहरु रुकुमकोटको पक्षमा बढी केन्द्रित हुने गरे पनि अहिले भने गोलखाडा पक्षधरहरु पनि रुकुमकोटवासीजत्तिकै सशक्त देखिएका छन् ।

उनीहरु गोलखाडाको प्रदर्शनसँगै रुकुमकोटतर्फ अघि बढेका छन्, सम्भवतः बुधवारसम्म रुकुमकोटनजिक पुग्नेछन् ।

मंगलबारको गोलखाडाको दृश्य निकै फरक थियो । ‘सोमबार साँझदेखि नै झोला र लठ्ठीसहित गाउँगाउँबाट स्थानीयवासी आउन थालिसकेका थिए ।’ स्थानीय जयमान बुढाले भन्नुभयो, ‘मंगलबार बिहानसम्म विगतको युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला भएर प्रर्दशन थालिएको थियो ।’ उनीहरु प्रर्दशनपछि रुकुमकोटतर्फ हिँडेका छन् , झण्डै पाँच हजारको संख्या रहेका सुदुर रुकुमपूर्वका बासिन्दा लामबद्ध भएर युद्धकालकै छापामारको शैलीमा हिँडेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com