About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
आमासँगै बजार डुल्ने केटो मारियो

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – बजार क्षेत्रनजिकै जन्मेर सडकबजार डुलेको दुर्लभ एकसिँगै गैंडाको बच्चा (केटो) महिना दिन पनि बाँचेन । नारायणगढको बाह्रघरे सडकमा पुस २० गते बिहानै उक्त केटो आमासँगै देखिएको थियो ।

आडैको नगरबाट अघिल्लो दिन निस्केको त्यो गैंडाले राति बस्तीमै बच्चा जन्माएर बिहान सँगै दिएर बजार डुलेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकमा रमेशकुमार पौडेलले लेखेका छन् ।

साताअघि (माघ १४) केटो नगरवनमै मृत भेटियो । डिभिजन वनका चितवन प्रमुख विष्णुप्रसाद पौडेलका अनुसार बच्चाको करङ भाँचिएको थियो । तीन ठाउँमा चोट छ । मुखमा पनि चोट थियो जसले गर्दा दूध खानसमेत नमिल्ने भएको थियो । ‘भाले गैंडाको आक्रमणमा केटो मारिएको हो ।’ उनले भने । चितवन निकुञ्ज र आसपास दुर्लभ गैंडा मर्न थालेका छन् । केटोको नियति पनि त्यस्तै भयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com