About Contact
०४ आश्विन २०८०, बिहिबार
Close
बिज्ञापन
मेलम्ची खानेपानीको ठेक्का तोड्न सरकारलाई बाटो खुल्यो

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – मेलम्ची खानेपानी योजनाको बाँकी काम पूरा गर्न साविकको इटालियन ठेकेदारसँगको सम्झौता अन्त्य गरेर नयाँलाई जिम्मेवारी दिइने भएको छ । यसको जिम्मेवारी भने इटालियन कम्पनीकै सब( कन्ट्र्याक्टरलाई दिने सम्भावना रहेको आयोजना स्रोतले जनाएको छ ।

आयोजना समाप्त नहुँदै काम छोडेर भाग्न खोजेको इटालियन कम्पनी सीएमसीलाई ठेक्का खारेजी किन नगर्ने भन्दै त्यसको कारण भए १४ दिनभित्र जवाफ पठाउन सरकारले गरेको पत्राचारमा सीएमसी मौन बसेपछि पुरानो ठेक्का विधिवत तोडिन लागेको हो ।

खानेपानी मन्त्रालयले ठेकेदार कम्पनीले जवाफ नपठाएपछि ठेक्का तोड्न बाटो खुलेको जनाएको छ । एकतर्फी खारेज गर्दा भोलिका दिनमा कानुनी झमेला आउनसक्ने भएपछि सरकारले स्प्ष्टीकरण सोधेर विधिवत ठेक्का अन्त्यको बाटो खोलेको हो । यो समाचार आजको कारोबार दैनिकमा प्रगति ढकालले लेखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक
वेदना र सन्देशले भरिएका जल, जंगल र जमिन संरक्षणमुखी तीज गीत

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com