About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
उखु किसानलाई सधैं अन्याय, अझै सवा तीन अर्ब बाँकी

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मन्त्रालय समालेसँगै उखु किसानलाई पैसा नदिने उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने र मिल बन्द गर्नेसम्मको चर्को भाषण दिए। यो समाचार आजको नागरिक दैनिकमा दिलीप पौडेलले लेखेका छन् ।

मन्त्रीको अभिव्यक्तिबाट किसानले वास्तवमै आफ्नो सरकार आएको महसुस गरे। मन्त्री यादवको बारम्बारको धम्कीपूर्ण भाषणपछि डराएका केही उद्योगी–व्यवसायी उनीसँग छलफल गर्न मन्त्रालयसम्मै पुगे।

तत्कालीन अवस्थामा उद्योगीले वक्यौता रकम दिए पनि यो वर्ष फेरि किसनाले पुरानै नियति भोग्नुपरेको छ। किसानका समस्या ज्यूँका त्यूँ छन्। न उनीहरुले बेचेको उखुको भुक्तानी पाएका छन् न उखुको मूल्य नै। किसानले सवा तीन अर्ब रुपैयाँ उखु मिल र सरकारसँग लिन बाँकी छ। यो तथ्यांक सोमबारसम्मको हो। उखु बिक्री गरेको रकम नपाएपछि सर्लाहीका किसानले आत्मदाहको चेतावनीसमेत दिएका छन्।

मन्त्री यादवले पद सम्हालेको पनि एक वर्ष पुग्न लागेको छ। किसानले फेरि पुरानै समस्यामा भोग्नुपरेको छ। किसानले अर्बौं रुपैयाँ भुक्तानी पाउन बाँकी छ। किसकानले प्रश्न गर्न थालेका छन्– उद्योगमन्त्री यादवले चर्को भाषण केका लागि गरेका थिए ? उखु नगदे बाली भनिए पनि वर्षौंदेखि उधारोमा बेच्न बाध्य किसानको हकहितका लागि वा अर्को कुनै अमूक उद्देश्यका लागि ?

उखु उत्पादक किसान महासंघका अध्यक्ष कपिलमुनि मैनालीले किसानले अर्बौं रुपैयाँ भुक्तानी नपाउँदा पनि सरकारले चासो नदिएको आरोप लगाए।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com