About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
किन मान्छेले अरुको रिस, डाहा गर्छन् ?

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

आमिर खान स्टारर हिन्दी चलचित्र ‘थ्रि इडियट्स’को एउटा दृश्यमा फरहान भन्छन्, ‘जतिबेला परीक्षाको नतिजा बोर्डमा साथी ( रैन्चो ) को नाम फेला परेन, उनी फेल भए कि भन्ने लागेर हामीलाई दुःख लाग्यो । तर, उनको नाम प्रथम श्रेणीमा रहेछ । यो कुरा थाहा पाउँदा हामी थप पीडावोध भयो ।’

हामीलाई अरुको असफलता, गरिबी, अभावले दुःखी बनाउँछ । तर, त्यो भन्दा बढी दुःखी बनाउँछ, अरुको उन्नती, प्रगति, सफलताले ।

इष्र्या वा डाहा गर्नु एक मानविय स्वभाव एवं प्रवृत्ति हो । हरेक मान्छेभित्र यो स्वभाव हुन्छ । यो प्राकृतिक कुरा हो ।

इष्र्या वा डाहाले मान्छेलाई दुई किसिमको नतिजा दिन्छ । एक सकारात्मक, अर्को नकारात्मक । इष्र्या आफैमा प्रगति एवं उन्नतीको माध्याम बन्न सक्छ । अरुको सफलता, अरुको उन्तती देखेर आफुले पनि त्यस्तै गर्ने चाह जाग्छ । यसले मान्छेलाई निस्त्रिmय रहन दिदैन । उनीहरु पनि केही गर्न खोज्छन्, अरुकै देखासेखीमा भएपनि । यस किसिमको इष्र्या(भावले मान्छेलाई अगाडि बढ्न उक्साउँछ ।

अर्को किसिमको इष्र्या हुन्छ, जसले आफुलाई जलाउँछ । अरुको सफलता, अरुको खुसी, अरुको उन्नती देखेर हामी आफैभित्र खुम्चन्छौं । आफैभित्र जल्छौं । हाम्रो मन पोल्छ । यस किसिमको इष्र्याले अरुलाई होइन, हामी आफैलाई नष्ट गर्छ ।

इष्र्या, जो एक जन्मजान मानविय प्रवृत्ति हो । तर, यसलाई कसरी ग्रहण गर्ने भन्ने कुराले ठुलो फरक पर्छ । त्यही इष्र्या(भाव, जसले हामीलाई अरुको जस्तै उन्नती गर्न उक्साउँछ । त्यही इष्र्या(भाव, जसले हामीलाई भित्रभित्रै जलाउँछ ।

दोस्रो किसिमको इष्र्या(भाव भयानक हुन्छ । र, अक्सर मान्छेले आफुभित्र यस्तै विकार पालेका हुन्छन् । यसलाई हामी इष्र्या भन्दा पनि डाहा भनेर बुझ्छौं । डाहा गर्नु भनेको अरुको उन्नती, सफलतामा रिस गर्नु हो ।

एकपटक अनलाइनखबरसँगको कुराकानीमा हास्य अभिनेता हरिवंश आचार्यले भनेका थिए, ‘इष्र्या म पनि गर्छु । सायद मदन दाईलाई पनि मैले इष्र्या गरें होला । तर, त्यो इष्र्यालाई मनभित्र कसरी कन्ट्रोल गर्ने भन्ने कुरा महत्वपूर्ण हो । इष्र्या कन्ट्रोल गर्ने स्टेपलाइजर मनभित्र हुनुपर्छ ।’

हामीभित्र जति सकारात्मक गुण एवं प्रवृत्ति हुन्छ, उत्तिनै नकारात्मक पनि । कोही मान्छे यस्ता हुँदैनन्, जो सकारात्मक गुणले मात्र भरिपूर्ण होस् । मान्छेमा इष्र्या हुन्छ, डाहा हुन्छ, डर हुन्छ, रिस हुन्छ, आवेग हुन्छ, लोभ हुन्छ, घृणा हुन्छ । यी सबै कुरा त्यसबेला विकार बन्छ, जब हामी यसलाई बढी मलजल गर्छौं ।

यदि मनभित्रका यी विकारलाई नियन्त्रण एवं व्यवस्थापन गर्ने हो भने, त्यसले हामीलाई नकारात्मक होइन, सकारात्मक नतिजा दिन्छ । जसरी कुनै फोहोर(मैलालाई मलखाँदमा रुपान्तरण गर्न सकिन्छ, नविकरणिय उर्जामा रुपान्तरण गर्न सकिन्छ ।

त्यसैले मनभित्रको विकारलाई हामीले पूर्णत निषेध गर्ने भन्दा पनि व्यवस्थापन गर्ने हो । तर, यस्ता विकार जति हामीभित्र जम्दै जान्छ, हामीले यी विकारलाई जति मलजल गर्दै जान्छौं, उत्तिनै हामी दुषित हुँदै जान्छौं । हामी भित्रभित्रै प्रदुषित हुँदै जान्छौ्रं । र, त्यो हाम्रो व्यवहारमा प्रकट हुन थाल्छ । हामी रुखो हुन्छौं, उदण्ड हुन्छौं, अराजक हुन्छौं । यसले अन्ततः अरुलाई होइन, आफैलाई नष्ट गर्ने हो ।

कतिपय मान्छे हुन्छन्, जो अरुलाई होच्याएर बोल्छन् । अरुको जिउडाल, अवस्था, रुपरंग, पहिरन शैली, आर्थिक स्थिती, पारिवारिक स्थिती आदिलाई विषय बनाएर होच्याउँछन् । यसरी उसले होच्याएर कोही होचो वा कमसल हुने होइन । बरु, यसबाट के बुझिन्छ भने, उनीभित्र भयाकंर मानसिक विकार जमेको छ । ति व्यक्ति भित्रभित्रै जलेका छन् । कुष्ठाले कक्रिएका छन् । रिसले मुर्मुरिएका छन् । त्यही कारण उनी अरुलाई होच्याउँछन् । यसरी अरुलाई होच्याएर उसले आफ्नै मनलाई सान्तवना दिएका हुन् ।

त्यसैले अरुले रिस, इष्र्या एवं डाहा गर्छ भने त्यसप्रति हामीले चासो लिइरहनु आवश्यक छैन । त्यसमा प्रतिक्रिया जनाइरहनु पनि आवश्यक छैन । आफु सही, सचेत र सकारात्मक हुनुपर्छ, कसैले केही गर्नै सक्दैन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com