About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पूर्व–पश्चिम महेन्द्र राजमार्ग व्यक्तिको नाममा पास

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रिकाहरुको प्राथमिकतामा भृकुटीमण्डपको जग्गा भाडामा दुईपूर्वमन्त्रीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको विषय परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीद्वय टेकबहादुर गुरुङ र बद्री न्यौपानेलगायत विरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

विज्ञापन नियमन विधेयकको चर्चा पनि आजका पत्रपत्रिकाहरुले गरेका छन् । पत्रपत्रिकाका अनुसार, विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रस्ताव गरिएको छ ।

त्यसैगरी, रोजगारीको लक्ष्य पुर्याउन सरकारले एक हजार उद्योगलाई अनुदान दिन लागेको, मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घटेको, महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास गरिएकोलगायत खबरलाई पनि आजका पत्रपत्रिकाहरुले पहिलो पृष्ठमा समेटेका छन् ।

नेपाल समाचारपत्र दैनिकले ५३ वर्षअघिको महेन्द्र राजमार्गको जमिन नै व्यक्तिको नाममा पास भएको लेखेको छ । पूर्वपश्चिम राजमार्गको क्षेत्रफल रहेको जमिनको कित्ताकाट नगरकीकनै मालपोत कार्यालय र नापी कार्यालय चन्द्रनिगाहपुरले व्यक्तिको नाममा पास गरेको समाचारमा उल्लेख छ ।

राजमार्ग नदेखाइकनै पास गराउँदा राजश्व रकमसमेत चुहावट हुने गरेको रहस्य खुलेको समाचारपत्रले लेखेको छ ।

समाचारपत्र लेख्छ– चन्द्रनिगाहपुरभित्र पर्ने पूर्व–पश्चिम राजमार्गको अधिकांश भूभाग पछिल्लो समयमा नापी कार्यालयले कित्ताकाट गर्ने गरेको छैन । यसो गर्दा नापी कार्यालयका कर्मचारीले व्यक्तिसँग मोटो रकम लिने गरेको आरोपसमेत रहेको छ । पूर्व–पश्चिम लोकमार्ग २५ र सहायक मार्ग २५ मिटर छाडेर मात्र नापी कार्यालयले कित्ताकाट गर्नुपर्नेमा त्यसो नगरीकनै रजिस्ट्रेसन पास गराउन सिफारिस गर्ने गरेको खुलेको छ ।’

नयाँ पत्रिकाले ‘मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । समाचार अनुसार तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घटेको छ ।

कान्तिपुरले सरकारले विज्ञापन प्रकाशनमा हुने त्रुटिको विषयलाई फौजदारी कसुरमा राखी कठोर सजायको प्रावधानसहित विज्ञापन नियमनसम्बन्धी विधेयक ल्याएको लेखेको छ ।

कान्तिपुर लेख्छ– विज्ञापन काशन वा प्रसारणमा भएका कसुरमा पाँच वर्ष कैद, पाँच लाख रुपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था विधेयकमा राखिएको छ ।

जहदा नगरपालिका–१, मोरङको आधारभूत विद्यालयका विद्यार्थीले ढिलो आउने शिक्षक शिक्षिकालाई समयमा आउन बसाएको नियमलाई कान्तिपुरले एंकर बनाएको छ ।

आठ हुन्डीवाला अदालतमा शीर्षक दिएर मुख्य समाचार लेखेको अन्नपूर्णले झोले एनजीओदेखि काठमाडौंका सार्वजनिक बसको दूरावस्थाबारे चासो राखेको छ ।

नागरिकले पदाधिकारी नआउँदै महिला आयोगमा ५ नयाँ गाडी ल्याइएको लेखेको छ । मर्मतसम्भार गरी प्रयोग हुनसक्ने गाडी प्रयोग गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै आयोगले गाडी किनेको नागरिकको ठहर छ

हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज 

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com