About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
नयाँ मिसाइल प्रणाली बनाउन रुसको घोषणा

Darpanpost बुधबार, माघ २३, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । शीतयुद्धको क्रममा भएको मध्यमदूरीको क्षेप्यास्त्रसम्बन्धी एक सन्धि आईएनएफबाट अलग भएको घोषणा गरेको रुसले नयाँ मिसाइल प्रणाली बनाउने काम सुरु गरेको छ ।

इन्टरमिडिएट रेन्ज न्युक्लियर फोर्स ( आईएनएफ ) सन्धि अमेरिकाले एकतर्फी रुपमा तोडेको घोषणा गरेपछि रुसले पनि हालै उक्त सन्धिबाट आफू पनि अलग भएको घोषणा गरेको थियो ।

आईएनएफ सन्धिले छोटो र मध्यम दुरीका मिसाइल प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । अमेरिका र रुसले सन् १९८७ मा आईएनएफ सन्धिमा हस्ताक्षर गरेका थिए । तर अमेरिका र रुस दुवैले यो सन्धि उल्लंघन गरेको आरोप एकअर्कालाई लगाउँदै आएका थिए ।

आईएनएफ सन्धिले जमिनबाट मार हान्ने मिसाइल प्रयोगमा प्रतिवन्ध थियो तर समुद्र र हावाबाट प्रहार गर्ने मिसाइलमा भने प्रतिवन्ध छैन । त्यसैले रुससँग यस्ता मिसाइल छन् र उसले नयाँ प्रणाली विकसित गर्नेक्रममा तिनको प्रयोग गर्न सक्छ ।

रुसका रक्षामन्त्री सर्गेइ शोयगूले मंगलबार भनेका छन् दुई वर्षमा रुसले जमिनबाट मार हान्ने नयाँ मिसाइल बनाउने लक्ष्य राखेको छ । रुसी रक्षामन्त्री शोयगूले भनेका छन्, ‘अमेरिकाले पहिलेदेखि नै सम्झौताको उल्लंघन गर्‍यो । अमेरिका पाँच सय किलोमिटरभन्दा टाढासम्म प्रहार गर्न सक्ने मिसाइल बनाउन सक्रिय रुपमा लागिरहेको छ । जुन सन्धिको सीमाभन्दा बाहिरको कुरा हो । यस्तो स्थितिमा रुसी राष्ट्रपतिबाट जस्तालाई त्यस्तै जवाफ दिन निर्देशन प्राप्त भएको छ ।अनलाईन खबरबाट

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com