टंक सुनार । प्रदेश नम्बर ५ का ५२ वटा निर्वाचन क्षेत्रमा लागु हुने स्मार्ट कृषि गाउँ रुपन्देहीको देवदहबाट सुरु भएको छ । मंगलबार प्रदेश ५ भुमि ब्यवस्था कृर्षि तथा सहकारी मन्त्रालयले आयोजना गरेको एक कार्यक्रमका बिच मुख्य मन्त्री शंकर पोख्रेलले बिरुवा रोपेर सुरु गर्नु भएको हो । प्रदेश सरकारको कृर्षि आधुनिकिरकण कार्यक्रम अन्र्तगत देवदह नगरपालिका वडा नम्बर ९ घोडाहालाई पहिलो स्मार्ट कृर्षि गाउँ घोषणा गरीएको हो । सो कार्यक्रममा बोल्दै मुख्य मन्त्री पोख्रेलले सम्बृद्धीको मुख्य आधार कृर्षि भएको बताउनु भयो । कृर्षि क्षेत्र निर्वाहामुखी भएका कारण कृर्षिमा युवा पुस्ताको आर्कशण घट्दै गइरहेको बताउनु भयो । नेपालीहरु खाडी देशमा गएर कृर्षि गर्ने तर आफ्नो देशमा कृर्षि कार्य गर्न नचाहाने गरेको बताउँदै यसो हुनुको प्रमुख कारण कृर्षि क्षेत्रमा आधुनिकिकरण हुन नसक्नु भएको बताउनु भयो । कृर्षि क्षेत्रलाई कृर्षि पर्यटनको रुपमा विकास गर्ने संम्भावना रहेको उल्लेख गर्दै उहाले कृर्षि औद्योगिकीकरणको आधार भएको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश ५ की कृर्षि मन्त्री आरती पौडेलले कृर्षि आधुनिकीकरणले सामुदायिक बन, सहकारी र पर्यटन क्षेत्रको विकास गर्न महत्वपुर्ण भुमिका खेल्ने बताउनु भयो । उहाले शहरी क्षेत्रका बालबालिकाहरुले कृर्षिजन्य बस्तुहरु कसरी उत्पादन हुन्छ भनेर समेत थाहा नपाइरहेको सन्र्दभमा यस्ता कृर्षि क्षेत्रले यसको बारेमा अवलोकन र ज्ञान लिने क्यवस्था गर्ने बताउनु भयो ।
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटाले प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले नमुना गाउँ निर्माण गर्ने योजना अगाडी बढाएको बताउनुभयो । सुरुवाती चरणमा छनौट भएको गाउँको माटो परिक्षण देखि लिएर, के कस्तो उत्पादन गर्न सकिन्छ भन्ने विषयमा लगानी गरिने मन्त्रालयले जनाएको छ । कार्यक्रममा प्रदेश सांसदहरु डा.कृष्ण न्यौपाने,जलपा भुषाल, कृषि तथा वनविज्ञान विश्वबिद्यालय रामपुरका डिन डा.जय प्रकाश दत्त, सोही क्याम्पसका साहायक प्राध्यापक आइ.पी कडरीया, देवदह नगरप्रमुख हिरा बहादुर खत्री लगायतले बोल्दै कृर्षि आधुनिकीकरणमा जोड दिएका थिए ।
स्मार्ट कृर्षि गाउँ घोषित क्षेत्रमा १ सय ५० घरधुरी किशाले आधुकि कृर्षि गर्दै आइरहेका छन । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव याम नारायण देवकोटाले प्रत्येक स्मार्ट कृषि गाउँलाई ५० लाख रुपैयाँ विनियोजन गरी मन्त्रालयले नमुना गाउँ निर्माण गर्ने योजना अगाडी बढाएको बताउनुभयो । कृर्षि उत्पादनका लागि जल,मल, बजार, प्रविधि र सिंचाई अभाव भएकाले यसको समाधानका लागि पहल गरीदिन कृषकहरुले मुख्यमन्त्री समक्ष आग्रह गरेका थिए । सरकारले कृर्षिको स्मार्ट गाउँ घोषणा गर्दै गर्दा तराई क्षेत्रमा उच्च बसाई सराई र तिब्र भुखण्डीकरण चिन्ताको बिषय बनिरहेको छ ।