About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
ड्राइभर छुटाउन करोडौं रकमको चलखेल, कहाँ बाट आयो यत्रो पैसा

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

बारा । जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीलाई छुटाउन करोडौं रकमको चलखेल भइरहेको छ । कुर्मीले चलाएको बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई र सशस्त्रका एसपी बलराम पोखरेल सवार गाडी गएको माघ १२ मा पूर्व पश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै दुर्घटना भएको थियो ।

कलैया उपमहानगरपालिका १ मोतिबागमामा करोडौं मूल्यको कुर्मीको बंगला र कुर्मी

सवारी चालक कुर्मी प्रजिअ भन्दा पनि बढी पावर राखेर हिंड्ने भएकाले गर्दा बारामा आउने हरेक सीडीओलाई अस्थायी सीडीओ र कुर्मीलाई स्थायी सीडीओ भन्ने गरिएको छ । प्रजिअ आउने जाने हुन्छ तर उनी २३ बर्षदेखि सीडीओका सवारीचालक रहँदै आएका छन् । उनी सवारीचालक मात्र होइन, मुद्दामा सेटिङ गर्नेदेखि लिएर हरेक कामका बीचौलिया हुन् ।

जिल्ला प्रशासन कार्यालय बाराका स्थायी प्रमुख जिल्ला अधिकारीको हैसियत बनाएका कुर्मी अहिले सवारी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा रहेका छन् ।

राजमार्गमै रोकिएको ढुंगा लोड गरेको टेलरमा तीव्र गतिको चलाएको गाडी ठोक्किदा गाडीमा सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो । गाडीमा सवार प्रजिअको अवस्था चिन्ताजनक रहेको छ । कुर्मीले लापरवाहीपूर्वक तीव्र गतिमा गाडी चलाउँदा भाइको मृत्यु भएको भन्दै एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मीविरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी दिएका छन् ।

पोखरेलको जाहेरीको आधारमा कुर्मीलाई बारा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा नेपाल सरकारका केही सचिव र सहसचिव तथा अवकाश प्राप्त सचिवहरुले कुर्मीलाई बचाउन खोजेका छन् । बारामा प्रमुख जिल्ला अधिकारी बनेर गइसकेका बालकृष्ण पन्थी, शान्तराज सुवेदी, माधवराज रेग्मी, शंकर कोइराला लगायतका अवकाशप्राप्त र बहालवाला उच्च अधिकारीहरुले कुर्मीलाई बचाउन खोजेको बारा प्रहरीका अधिकारीहरुले नाम नलेख्ने शर्तमा बताएका छन् । प्रहरी नियन्त्रणमा रहेका कुर्मीले अहिले पनि तिनीहरुको नाममा, तस्कारी गराउने, बारामा रहेका उद्योगहरुबाट चन्दा उठाउने लगायतका कार्यहरु गर्दै आएका थिए ।
कुर्मीसँग कहाँबाट आयो करोडौंको सम्पति ?
प्रजिअका गाडी चालक कुर्मीले तस्करी, मुद्दा मिलापत्र र उद्योगहरुबाट चन्दा संकलन गरी करोडौ सम्पत्ति आर्जन गर्न सफल भएका छन् । प्रजिअलाई खुसी पारी उनले धन्दा संचालन गरी करोडौं सम्पत्ति आर्जन गरेका छन् ।

कुर्मीले कलैया उपमहानगरपालिकामै करोडौ खर्चेर नमूना घर बनाउन सफल बनेका छन् । कलैया उपमहानगरपालिका १ मोतिवागमा उनको नमुना घर देखेर कलैयावासीहरु आश्चर्यचकित हुने गरेका छन् । २०५१ तिर दुई छाक टार्नका लागि चलचित्र निर्माता सुशील चौगाईका गाडीचालक रहेका कुर्मीसंग अहिले १५ करोड भन्दा बढीको जायजेथा रहेको छ । जिल्ला प्रशासन कार्यालयको गाडी चलाएरै विगत २३ बर्षको अवधिमा उनले अथाह सम्पत्ति आर्जन गर्न सफल भएका हुन् ।

उनको कलैयामा रहेको नमुना घर र घरले चर्चेको जग्गा चार करोड मूल्यको छ । काठमाडौं सिंहदरबारको पूर्वी गेटको सामुन्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा नेपाल सरकारका अवकाशप्राप्त सचिव सिताराम खनालको घर नजिक अनामनगरमा आलिशान महल रहेको छ । जसको मूल्य पाँच करोड भन्दा बढी पर्छ ।

यसैगरी उनको गाउँमा ब्रम्हपुरीमा बहुमूल्य पाँच विगाहा जग्गा तथा घडेरी रहेको र त्यसको मूल्य पाँच करोड भन्दा बढी रहेको छ । त्यसैगरी कलैया र वीगञ्ज कैयौं स्थानमा घडेरी जोडेका छन् । नेपालमा अधिकृतलाई आफ्नो तलबवाट दुई छाक खान र छोराछारीलाई राम्रो स्थानमा पढाउन समस्या रहेको छ तर कुर्मीले २०५२ सालदेखि प्रमुख जिल्ला अधिकारीको गाडी चलाउन शुरु गरेदेखि अहिलेसम्म उनको अवस्था दिन दुगुना रात चौगुना प्रगति भएको छ ।

तीन सन्तान रहेका कुर्मीको जेठो छोरा सन्दिप जयसवार टर्कीमा ५० लाख रुपैयाँ खर्च गरी एमबीबीएस अध्ययन गराइरहेका छन् । कान्छो छोरा सन्जिव जयसवार काठमाडौंमा प्लस टु गरिरहेका छन् । छोरीको पर्साको अलौमा विवाह गर्नका लागि कामकुरो छिनिएको छ । दाइजोमा ७० लाख नगद र अरु अन्य सामग्री दिने सहमति भएको छ । आजको दृष्टि साप्ताहिकमा समाचार छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com