About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
मध्यराती सरकारका प्रवक्तालाई तर्साएपछि….

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाण्डु । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाल टेलिकमको फोरजी सेवा विस्तार गर्न खोज्दा अनेक दबाव र उल्झन झेल्नु परेका बताएका छन् ।

टेलिकमको फोरजी परियोजना रोक्न प्रपञ्च गरिएको उनको भनाइ छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वाषिर्कोत्सव समारोहमा सञ्चारमन्त्री बास्कोटाले टेलिकमलाई जोगाउने हो भने यसलाई सुदृढ गर्न व्यवधान सिर्जना गर्न नहुने बताए ।

‘पटक–पटक तर्साएको छ, हल्लाएको छ, कि यो संस्थाको आवश्यकता छैन भनिदिनुपर्यो, छ देशको सम्पत्ति हो भने रक्षा गर्नुपर्यो, सुदृढ गर्नुपर्यो, बलियो बनाउनुपर्यो, यहाँ के को लेनादेनाको कुरा छ,’ उनले भने ।

फोरजी परियोजना अघि बढाउन खोज्दा राति–राति फोन गरेर तर्साइएको बताए । टेलिकमलाई डुबाएर कसैको निजी हितमा सम्झौता नगर्ने उनले बताए । ‘यो संस्थाको हितको लडाईंमा म कोहीसँग पनि घुँडा टेक्दिन, मैले यही कसम खाएको छु’, बासकोटाले भने ।

छानबिनका नाममा अख्तियार दुरुपयोग अनुसन्धानले एक वर्ष झुलाएको भन्दै उनले पछिल्लो समय विभिन्न संसदीय समितिले समेत अनावश्यक रोकतोक गर्न खोजेको बताए ।

‘दुनियाँलाई थाहा छ, एउटा फोरजी परियोजना अल्झेको वर्षदिन भयो, पाना पल्टाई–पल्टाई अख्तियारले छानबिन गरिहाल्यो, एउटै विषयमा अनेक समितिले बोलाएको छ’, उनले भने ।

निजी क्षेत्रका कम्पनीले द्रुतगतिमा फोरजी विस्तार गरिसक्दा पनि सरकारी स्वामित्वको नेपाल टेलिकमले उस्तै गतिमा काम गर्न नपाएको उनको दाबी छ ।

फोरजी विस्तार परियोजनामा अनियमितता भएको भए दोषी जेल जाने उनले बताए । टेलिकमकै कर्मचारीले फोरजी परियोजना अघि बढ्न नदिन चलखेल गरेको मन्त्री बास्कोटाको आरोप छ । काठमाडौ टुडेवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com