About Contact
२० मंसिर २०७९, मंगलबार
Close
बिज्ञापन
विद्यार्थी बलात्कार गर्ने शिक्षकलाई फाँसी दिने

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

एक शिक्षकले चार वर्षीया अबोध बालिकालाई घरबाट छुटाएर बलात्कार गरेका छन् । ती शिक्षकले बालिकालाई बलात्कार गरिसकेपछि दर्दनाक अवस्थामा छाडेर भागे । बलात्कारी शिक्षकले ती बालिकाको मृत्यु भएको सम्झेर छाडेर भागेका थिए । यस्तो दर्दनाक अवस्थामा बलात्कृत ती बालिकालाई एयरलिफ्टकोको साहारामा सतनाबाट दिल्ली लगिएको थियो । यसै मुद्धामा आरोपित ती शिक्षकलाई फाँसी दिइएने फैसला भएको छ । उनलाई २ मार्चका दिन फाँसी दिइने निर्णय भएको हो ।

यो घटना भारतको मध्य प्रदेशको सतना जिल्लाको परसमनिया गाउँको हो । जहाँ चार वर्षीया अबोध बालिकालाई शिक्षक महेन्द्र सिंह गोंडले बलात्कार गरेका थिए । रिपोर्टका अनुसार ती बलात्कारी शिक्षक महेन्द्रलाई २ मार्चको किहान ५ बजे बिहान जबलपूर स्थित नेताजी सुभाष चन्द्र बोस केन्द्रिय कारागारमा फाँसी दिइनेछ । यस मुद्धामा निचली अदालतद्वारा फैसला गरिएको फाँसीको सजायलाई एमपी हाइकोर्टले पनि सदर गर्दै गत शनिबार दिनेश शर्माको अदालतले दुष्कर्मको डेथ वारेन्ट जारी गरिदिएको छ ।

अदालतले जबलपूरको सेन्ट्रल जेल अधीक्षकलाई पठाएको डेथ वारेन्टमा २७ वर्षीय बलात्कारी महेन्द्र सिंह गोंडलाई २ मार्चको बिहान ५ बजेको समयमा फाँसीमा झुण्ड्याउन आदेश दिएको छ । सन् २०१८ जुलाई १ तारिखको रात चार वर्षीया एक अबोध बालिकालाई आरोपित महेन्द्र सिंह गोंडले जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको थियो । घटना घटेको दोस्रो दिननै तत्कालीन कलेक्टर मुकेश शुक्लाले तत्कालीन मुख्यमन्त्री शिवराज सिंह चौहानसँग कुरा गरेर पीडित ती अबोध बालिकालाई एयरलिफ्ट गर्दै दिल्ली स्थित एम्समा भर्ती गरेका थिए ।

परसमनिया रेप काण्डलाई लिएर निकै आलोचनाहरु भएका थिए । जिल्ला न्यायालयका पीआरओ फरुखद्दीनले बताए अनुसार शिक्षकद्वारा चार वर्षीया अबोध बालिका बलात्कृत भएकी थिइन्, जसको कारण उनी गम्भीर घाइते भएकी थिइन् । यसपछि शासनले एसआइटी गठन गर्यो । यो घटना १ जुलाई २०१८ को हो । एजेन्सी

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
आज मंसिर २० गते मंगलवार , गणेश भगवानको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल
पत्रकार एलनमाथि हातपात, कान र गालामा चोट

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६

अध्यक्ष/ सम्पादक    –  विमल भट्टराई

    प्रवन्ध निर्देशक– मिन राना

    सहसम्पादक – गोकण राज पाण्डे 
 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com