काठमाडौं । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थि नेताहरुलाई कम्युनिस्ट सरकारले दमन गरेकोमा आपत्ति जनाएकोे छ ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै नेविसंघका महामन्त्री कुन्दन काफ्लेले प्रदर्शनमा उत्रिएका विद्यार्थी नेताहरुलाई दमन नगर्न चेतावनी दिएका छन् ।
उनले पोखरामा पक्राउ परेका विद्यार्थी नेताहरुको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएका नेविसंघका अध्यक्ष नैनसिंह महर सहितका नेताहरुलाई पक्राउ गरेको जनाएका छन् ।
पक्राउ परेका सबै विद्यार्थी नेताहरुलाई विना सर्त रिहाइ गर्न काफ्लेले चेतावनी दिएका छन् । उनले विद्यार्थी नेताहरुलाई रिहाइ नगरिए कडाभन्दा कडा आन्दोलन गर्ने चेतावनी दिए ।