About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
सरकारले विलासिताका वस्तुकाे आयात रोक्ने

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं – सरकारले बढ्दो आयात कम गर्न विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न लागेको छ । आयातदर बढ्दै गएपछि मुलुकको व्यापार घाटा चुलिँदै गएपछि सरकारले विलासिताका वस्तुको परिमाणत्मक बन्देज लगाउन लागेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासिताका वस्तु रोक्ने तयारी गरेको हो । यसका लागि मन्त्रालयले वस्तुको पहिचान गरेर मन्त्रिपरिषद्मा पेस गरेको छ । विशेष गरी सुनचाँदी, महँगा गाडी, बाइक, खेलौना, कस्मेटिक, जुसलगायतका वस्तुको आयातमा सरकारले नियन्त्रण गर्न खोजेको हो ।

महँगा गाडी, सुनचाँदी, कस्मेटिक, खेलौना, महँगा बाइक र साइकल, फूल, घरायसी प्रयोजनका कोइला, सिसाका भाँडाकुँडा, महँगा फलफूल, मासु, चुरोट खैनी, जर्दा, महँगा इलेक्ट्रोनिक्स सामान जस्ता सामान आयातमा परिमाणात्मक बन्देज लगाउन लागिएकोे छ । यो समाचार कारोबार दैनिकबाट लिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com