About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
पूर्वमन्त्री न्यौपानेसहित १४ विरुद्ध साढे ३१ करोड बिगो मागसहित विशेषमा भ्रष्टाचार मुद्दा

Darpanpost मंगलबार, माघ २२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध भृकुटीमण्डपस्थित फनपार्क भाडामा दिँदा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालतमा ३१ करोड ५२ लाख १७ हजार ६ हजार ७८ रुपैयाँ बिगो मागसहित उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

न्यौपानेसहित समाज कल्याण परिषद्का तत्कालीन उपाध्यक्ष प्रमोद मेहता, कोषाध्यक्ष कुञ्ज बिहारी प्रसाद चौधरी,  सदस्य सचिव रविन्द्र कुमार यादव भन्ने रविन्द्र कुमार, सदस्य मोहनराज शर्मा, मदन कुमार लाल कर्ण, हरि न्यौपाने, मेला सञ्चालक टेकबहादुर गुरुङ, प्रमख सञ्चालक रविन्द्र गुरुङ, परिषदका तत्कालिन कोषाध्यक्ष रत्त गाहामगर, तत्कालिन निर्देशक मदन प्रसाद रिमाल, तत्कालिन उपनिर्देशक बलबहादुर स्वार, तत्कालिन कानूनी सल्लाहकार प्रेम सिंह धामी र जगदेव चौधरीलाई विपक्षी बनाइएको छ।

समाज कल्याण परिषदले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रकृया विपरीत गरी अनियिमतता गरेको अख्तियारले दावी गरेको छ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com