कास्की । नेपाल विद्यार्थी संघले आफ्नै नेता गगन थापालाई कालो झन्डा देखाएका छन।
काग्रेसका केन्द्रीय सदस्य थापालाई नेपाल विद्यार्थी संघ कास्की जिल्ला सभापति बिकाश थापाको नेतृत्वमा आज पोखरामा कालो झन्डा देखाइएको हो।
चिकित्सा शिक्षा विधेयक जबरजस्ती पास गरेपछि आन्दोलित बनेको नेपाल विद्यार्थी संघले शनिबार केन्द्रिय निर्देशन अनुसार सार्वजनिक गाडी चल्न नदिने कार्यक्रम अन्तर्गत पोखरामा सरकारी गाडी चलेपछि नेपाल विद्यार्थी संघले गाडी माथी आगजनी गरेको थियो।
गाडी माथी आगजनी हुँदा कांग्रेस नेता गगन थापाले घटनाको निन्दा गर्दा नेपाल विद्यार्थी संघ गगन थापा माथि खनिएको छ। कम्युनिष्ट सरकार विरुद्ध पार्टीको केन्द्रीय निर्देशन अनुसार सभालाई सम्बोधन गर्न थापा कास्की पुगेका थि ।
थापालाईलाई सम्बोधन गर्दै गर्दा थापा विरुद्ध प्रद्रशन गर्नुका साथै साथै कालो झण्डा समेत देखााए छन् ।