About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
कम्युनिष्ट सरकार विरुद्ध उत्रिए नेकपाका यी नेता, म चुप लागेर बस्दिँन

Darpanpost सोमबार, माघ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्माले ओली नेतृत्वको सरकारले दुई तिहाइको दम्भमा संविधान र संघीयताविरोधी काम गरिरहेको बताएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले विनम्रतापूर्वक जनताको काम गर्नुपर्ने वेलामा सरकार दुई तिहाइको बहुमत छ भन्दै हिडेको बताएका हुन् । उनले भने, ‘अहिले हामीसँग दुई तिहाइको बहुमत छ भन्दै हिँड्ने बेला होइन बरू विनम्रतापूर्वक जनतामा गएर सेवा गर्ने बेला हो।’

कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमार्फत् सरकारले संविधानविरोधी काम गरिरहेको उनले दावी गरे। नेता शर्माले देश उल्टो दिशामा गइरहेको र यो स्वीकार गर्न नसकिने बताए । सरकारले संविधान पालना नगरेको भन्दै उनले अधिकार सबै मुठ्याएर माथि राख्ने प्रदेश र स्थानीय सरकारलाई निकम्मा बनाउने अनि संघीयता चल्छ रु भनेर सरकारलाई प्रश्न गरेका छन् ।

‘प्रदेश सरकारभन्दा माथि सिडिओलाई राखिदिनु पर्ने रु प्रदेश सरकारले कुनै गतिविधि गर्न नपाउनेगरी कानुन बनाउनु पर्ने रु भनेर प्रश्न गर्दै उनले यो सब राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्वको मिलेमतोमा भइरहेको दावीसमेत गरे ।

एकीकरणमा आफूले भूमिका खेलेको पार्टीले सरकार चलाइरहेकाले राम्रो कुरा होला भन्ने सोचेर अहिलेसम्म केही नबोली बसेको तर नयाँ नेकपामा कुराहरू राख्न अहिले आफ्नो पनि पहुँच नभएको गुनासो उनको थियो।

संघीय लोकतान्त्रिक गणतन्त्रअनुसारको व्यवहार नभएकोप्रति आपत्ति जनाउँदै शर्माले हिजो संघीयताका लागि ज्यान हत्केलामा राखेर लडेकाले अब पनि संघीयताविरूद्ध जोकोही आए लड्न तयार भएको भन्दै आक्रोस व्यक्त गरे ।

‘समायोजन हुँदा तपाईंहरू किन तल नजाने रु सबैभन्दा प्रभावकारी बनाउनु पर्ने जग त स्थानीय सरकार हो,’ शर्माले भने, ‘ कि हिजो किन लडेको आत्मआलोचना गर्नुस् होइन भने तल गएर तपाईंहरूले सेवा दिनुपर्छ। वृत्ति विकास र सेवासुविधाका लागि हामी लड्छौं तर तल गएर काम गर्नु पर्‍यो नि।’ शर्माको भनाइ थियो ।

हामीले संविधानमा राखेका कुरा कार्यान्वयन नभए हामीले व्यवस्था परिवर्तन गर्‍यौं भनेर गर्व गर्नुको अर्थ नभएको उनलको तर्क छ ।

Yes kathmanduबाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com