About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कम्युनिष्ट सरकार कारण कांग्रेसलाई फाईदा, रित्तिँदै कम्युनिस्ट पार्टी

Darpanpost सोमबार, माघ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका कर्तुतले रुष्ट भएका कम्युनिस्ट कार्यकर्ता कांग्रेसमा प्रवेश गर्न थालेका छन् ।

सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाका नेकपाका झण्डै डेढ सय कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

तत्कालिन माओवादीका जिल्ला सदस्य ढलबहादुर मगर, शुक्र राई, प्रकाश मगर लगायत करिब डेढ सय कार्यकर्ता शनिबार जिल्लामा आयोजित एक विशेष कार्यक्रमबीच काँग्रेसमा प्रवेश गरेका हुन् ।

गाउँपालिकाको बासा दाम्कुमा आयोजित बृहत आमसभालाई पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता गगन थापाले सम्बोधन गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकार दुईतिहाइको दम्भ बोकेर एकलौटी रुपमा अघि बढेको आरोप लगाए । थापाले दम्भी वर्तमान सरकार एकपछि अर्को भ्रष्टाचारमा डुब्दै गएको समेत आरोप लगाए ।

‘यो सरकारसँग को खुशी छ रु कोही छैन ।’ प्रधानमन्त्री संसदमा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेवल ठोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको थापाको भनाई थियो । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नु, निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नुलगायतका कारण सरकार जनमूखी निर्णयबाट भाग्दै गरेको अनुभूति जो कोहीलाई हुन थालेको थापाले बताए ।

कांग्रेस गरीब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको उनले दाबी गरे । पार्टीले नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न आग्रह गर्दै नेता थापाले अर्को निर्वाचनमा सोलुखुम्बु जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि सञ्चालन गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य एवम् पुर्वमन्त्री बलबहादुर केसीले जनप्रतिनिधिकै संलग्नतामा स्थानीय तहमा भष्ट्राचार मौलाएको बताएका छन् । नेता केसीले स्थानीय तहमा मौलाएको गलत प्रवृत्तिको रुपमा पार्टी र भातृ संस्थालाई विरोध र दबाबका कार्यक्रम सञ्चालन गर्न निर्देशन समेत दिए । मिडीया डबलीवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com