About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
विलासी वस्तु आयातमा बन्देज लगाउने तयारी

Darpanpost सोमबार, माघ २१, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपालले अन्तर्राष्ट्रिय टी–२० क्रिकेटको पहिलो श्रृंखलामा हासिल गरेको सफलता आजका सबै दैनिक पत्रिकाहरुको पहिलो प्राथमिकतामा परेको छ । पत्रपत्रिकाहरुले नेपालको यो सफलतलाई ऐतिहासिक उपलब्धिका रुपमा व्याख्या गर्दै चर्चा–परिचर्चा गरेका छन् ।

यसबाहेकका आजका पत्रपत्रिकाका अन्य सामग्रीमा भने विविधता देखिन्छ । कुनैले विलासी वस्तु आयातमा बन्देज लगाउने तयारीबारे लेखेका छन् भने कुनैको नजर पुरातात्विक सम्पदा पुनर्निर्माणमा परेको छ । प्रधानमन्त्रीका लागि बालुवाटारमै भव्य महल बनाउन लागिएको खबर पनि आजको पत्रिकामा छापिएको छ ।

नागरिक दैनिकले आज नेपालले अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा हासिल गरेको सफलतालाई मुख्य समाचार बनाएको छ । विलासी वस्तु आयात रोक्ने तयारी भइरहेको अर्को खबर पनि नागरिकमा छ । नागरिकका अनुसार, आलु आर्थिक वर्षको मंसिरसम्म उच्च आयातका कारण वैदेशिक मुद्राको चाप परेपछि सरकारले विलासी वस्तुको आयात रोक्ने तयारी गरेको छ । मुलुकको मौद्रिक जिम्मेवारी सम्हालेको राष्ट्र बैंकले आयात उच्च हुँदा मुलुकको शोधानान्तर बचत खुम्चिँदै गएको भन्दै विलासीसहित अन्य केही वस्तुको आयातमा परिमाणात्मक बन्देज लगाउन सुझाव दिएको समाचारमा उल्लेख छ ।

नागरिक लेख्छ– सवारीसाधन र पाटपुर्जा, पेट्रोलियम पदार्थ, सुन, कस्मेटिक सामान, चामललगायतका विभिन्न वस्तुको आयात उच्च देखिएको र त्यसैअनुसारको जानकारी राष्ट्र बैंकले सरकारलाई दिएको छ । महँगा गाडी, महँगा मोटरसाइकल, खेलौना तथा कस्मेटिकका केही सामान, गुट्खा, खैनीजस्ता वस्तुको आयात नियन्त्रण पनि राष्ट्र बैंकले सरकारलाई सुझाव दिएको छ ।

अन्य पत्रिकाले जस्तै अन्नपूर्णले पनि क्रिकेटमा नेपालले हासिल गरेको सफलतालाई नै मुख्य समाचार बनाएको छ । यसका अतिरिक्त राष्ट्रपति चीन र अमेरिका भ्रमणमा जाने खबर पनि अन्नपूर्णको पहिलो पृष्ठमा पढ्न सकिन्छ । समाचार अनुसार बीआरआईको दोस्रो सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारी आउँदो अप्रिलमा चीन जान लागेकी हुन् । चीन मात्रै होइन, राष्ट्रपिति अमेरिकासमेत जाँदै छिन् । राष्ट्रसंघको महिला सशक्तीकरण सत्रमा सम्बोधन गर्न भण्डारी अमेरिका जान लागेको समाचारमा उल्लेख छ ।

नेपाली क्रिकेटको सफलतालाई उच्च प्राथमिकताका साथ प्रकाशित गरेको कान्तिपुरले सार्वजनिक स्थानमा पासवर्ड बिनाको वाइफाई राख्न नपाइने मापदण्ड सरकारले बनाउन लागेको लेखेको छ । समाचार अनुसार, सार्वजनिक स्थानको वाइफाई प्रयोग गरेर आपराधिक गतिविधि भएमा त्यसको पहिचान हुन नसक्ने भएकाले उपयुक्त लगइन हुनैपर्ने प्रावधानसहितको मापदण्ड ल्याउन लागेको छ ।

नयाँ पत्रिकाले ‘बैंकमा सधैं न्यून नगद, उच्च व्याज’ शीर्षक दिएर मुख्य समाचार लेखेको छ । नयाँ पत्रिकाका अनुसार, बैंकले पुँजी र निक्षेपको ८० प्रतिशतसम्म लगानी गर्न सक्छन् । तर लक्ष्मण रेखा छुने अवस्था भएकाले कर्जा प्रवाहमा समस्या भएको छ ।

भारतले कञ्चनपुरको सीमा क्षेत्रमा फेरि डोजर लगाएर नाली खन्ने काम गरेको खबर पनि नयाँ पत्रिकाको पहिलो पृष्ठमा छ । भारतीय वन विभागले शनिबारदेखि पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित ७५३र१७१ नम्बर पिलर क्षेत्रमा नाली बनाउन थालेको हो ।

राजधानीले पुरातात्विक सम्पदाको पुननिर्माण सुस्त भएको लेखेको छ । भूकम्प गएको लामो समय बितिसके पनि पुरातात्विक सम्पदाको पुनर्निर्माण २८ प्रतिशत मात्रै सम्पन्न भएको छ । गोरखापत्र दैनिकमा टी–२० क्रिकेटमा नेपालले हासिल गरेको जितदेखि एक वर्षभित्र देशैभरि फोरजी सेवा सञ्चालन हुनेसम्मका खबर छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com