About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
नेपालले जित्यो पहिलो टी-२० क्रिकेट सिरिज

Darpanpost आइतबार, माघ २०, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । तेस्रो तथा निर्णायक टी–२० खेलमा युएईलाई १४ रनले पराजित गर्दै नेपालले इतिहास रचेको छ। नेपालले पहिलो पटक टी–२० सिरिज जितेर इतिहास बनाएको हो। यसअघि भएका २ खेलमध्ये पहिलो खेल युएईले २१ रनले जितेको थियो। दोस्रो खेल नेपालले ४ विकेटले आफ्नो पक्षमा पार्दै सिरिज १(१ को बराबरी गरेको थियो।

आइतबार दुबईको आइसिसी एकेडेमीमा नेपालले दिएको १ सय ५ रन लक्ष्य पछ्याएको युएईले वर्षा कारण घटाइएको १० ओभरमा ८ विकेटको क्षतिमा ९० रन मात्र बनाउन सक्यो ।

सन्दीप लामिछानेको पहिलो ओभरमा २० रन खाएको नेपालले पछिल्लो पाँच ओभरमा युएईका ६ विकेट लिँदा ३२ रन मात्र खर्चिएको थियो। युएईका लागि ओपनर गुलाब सब्बारले १५ बलमा २५ रन तथा शइमान अनवारले २० बलमा ३० रनको योगदान गरे ।

अन्तिम ओभरमा युएईलाई जितका लागि २० रन चाहिएको अवस्थानमा नेपालका ललितनारायण राजवंशी बलिङमा आएका थिए। उनले पहिलो बलमा सिपी रिजवानलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराए। दोस्रो बलमा अमिर हायतलाई कप्तान पारस खड्काबाट क्याच गराउदा खेल नेपालको पक्षमा आएको थियो।

पहिलो ओभरमा २० रन खर्चिएका सन्दीपले आफ्नो दोस्रो ओभरमा १ विकेटसहित ३ रन खर्चदा नेपाललाई फाइदा पुगेको थियो। यस्तै करण केसीले आठौं ओभरमा युएईको २ विकेट लिँदा ४ रन मात्र खर्चिएपछि नेपाल खेलमा फर्किएको थियो ।

बलिङमा नेपालका ललितनारायण राजवंशी, करण केसी र अविनास बोहोराले २–२ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट हात पारे।

१० ओभरमा घटाइएको खेलमा नेपालले ८ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले २९ रन र सन्दीप जोराले २८ रनको योगदान दिए। ओपनिङमा आएका कप्तान पारसले १४ बलमा ४ चौका र १ छक्का प्रहार गरे। सन्दीपले ११ बलमा ३ छक्का प्रहार गरेर नेपालको इनिङ उकासेका थिए। विनोद भण्डारीले १३ बलमा १० रन जोडे भने करण केसीले ५ बल खेल्दा १ छक्का हिर्काएर १० रनको योगदान दिए।

ओपनिङमा आएका पवन सर्राफ खाता नै खोल्न नपाइ चौथो बलमा आउट भएका थिए। उपकप्तान ज्ञानेन्द्र मल्लले ९ बलमा ११ रन जोडेर आउट भएका थिए। दीपेन्द्रसिंह ऐरी २ रनमै पेभिलियन फर्किएका थिए।

बलिङमा युएईका कप्तान मोहमद नावीद, सुल्तान अहमेद र अमिर हायतले २–२ विकेट लिए।

अघिल्लो साता नेपालले युएई विरुद्धको ३ खेलको एकदिवसीय सिरिज २(१ जित्दै इतिहास बनाएको थियो। पहिलो पटक एकदिवसीय सिरिज जित्ने क्रममा नेपालले पछिल्ला २ खेलमा जित हात पारेको थियो। अन्तिम खेलमा कप्तान पारस खड्काले शतक प्रहार गरेर इतिहास बनाएका थिए।

नेपालले यसअघि दुई टी–२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। बङ्गलादेशमा सम्पन्न सन् २०१४ को टी–२० विश्वकप खेलेको नेपालले त्यही वर्ष हङकङसँग श्रीलङ्कामा पहिलोपटक पाँच खेलको सिरिज खेलेको थियो तर, उक्त सिरिजका चार खेल वर्षाको कारण रद्द भएको थियो। अन्तिम खेलमा भने नेपाल हङकङसँग दुई विकेटले पराजित भएको थियो।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com