About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
रसुवागढी नाका जोड्ने सडक स्तराेन्नती गरिने

Darpanpost शनिबार, माघ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडाैं – रसुवा – रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ । चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ ।

यो काम सकिएपछि वैशाख तेस्रो साताबाट स्तरोन्नति सुरु गरिने योजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । ‘यो सडक चीन सरकारको सहयोगमा चिनियाँ टोलीले नै स्तरोन्नति गर्नेछ’, उनले भने, ‘हामीले यसमा समन्वय मात्रै गर्र्छौं ।’ यो सडक खण्डको दूरी १६ किलोमिटर छ । सडक साँघुरो तथा जटिल भएकाले स्तरोन्नतिको काम गर्न लागिएको हो । जटिल भौगोलिक संरचना भएकाले यो सडक स्तरोन्नति गर्न चीनले तीन वर्षको समय मागेको छ । चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सडक विभागले स्वीकृत गरिसकेको छ ।

सोही सडकको मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नति भने सुस्त भएको छ । गएको पुसबाट स्तरोन्नतिको काम सुरु भएको भए पनि कामले गति लिन सकेको छैन । यो सडकको सात महिनाअघि ट्र्याक खोलिएको थियो । ‘सडकमा ठूलाठूला ढुङ्गा खसेका कारण ब्लास्टिङ गरिरहेका छौं’, देवकोटाले भने, ‘धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्दा ढिलाइ भएको छ ।’ सडक स्तरोन्नतिको काम जारी रहेकाले कहिलेसम्ममा सडक सञ्चालन हुन्छ भन्न नसकिने उनको भनाइ छ । गल्छीदेखि रसुवागढीसम्म तीन चरणमा काम हुँदै छ । याे समाचार नागरिक दैनिकमा हिमनाथ देवकाेटाले लेखेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com