About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले

Darpanpost शनिबार, माघ १९, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडाैं – चुनाव नगराउने पक्षमा रहेका राजा ज्ञानेन्द्रलाई कार्यबहाक प्रधानमन्त्रीका रुपमा भेटेर चुनाव गराउनु पर्नेमा जिकिर गरेको थिएँ । मैले जनता, प्रजातन्त्र र चुनावका विषयमा बोलेपछि राजाको अनुहार बिग्रिसकेको थियो । उनको चाहानाविपरीत म उभिएको देखेपछि प्रतिशोध साध्न भ्रष्टाचारको मुद्दा लगायो । 

जेल जीवन भनेको मनसँग जोडिएको विषय हो । जेलमा सुख त हुँदैन । मनले सुख मान्यो भने दुःख पनि हुँदैन । जेलमा बस्दा दुःख मानिनँ । त्यसकारण पछिल्लो समय १३ महिना जेलमा आरामसँग बसेँ । अलिकति ध्यान, योग गरेँ, अलिकति पुस्तक पढेँ । करिब ५०–६० पुस्तक पढेँ हुँला । साहित्य, दर्शन, धार्मिक, इतिहास, जुन उपलब्ध हुन्छन्, ती पुस्तक पढेँ । जेलमै एउटा पुस्तक पनि लेखेँ, ‘बन्धनशालमा खीर’ । उपन्याय हो, प्रकाशित भइसकेको छ ।

०४६ को परिवर्तनपछि केन्द्रमा सत्ताको लुछाचुँडी, विश्वास–अविश्वास, घात–प्रतिघातमा लाग्यौँ । हाम्रा सांसदहरू सुरा, सुन्दरी र द्रव्यको प्रयोगमा लागे । माओवादी हत्या–हिंसामा हाम्रै मान्छे पनि काटिए, मारिए । यो समस्या समाधनमा भन्दा कांग्रेस र एमाले सत्ताको लुछाचुँडीमा लागे । राजा यी दुवैलाई हेर्दै रमाएर बसे  कांग्रेस, एमाले र राप्रपा एक–आपसमै लुछाचुँडीमा लाग्छन् र मेरो हातमा सत्ता आउँछ भन्ने सपनामा राजा लागे । मुलुक नै बन्धनशाला जस्तो भएकाले यी विषयलाई समेट्दै ‘बन्धनशालामा खीर’ लेखेँ । एकातिर अँध्यारो भए पनि प्रकाश र उज्यालोको प्रतीक खीर भएकाले पुस्तकको नाम जुराएँ ।

कोइराला परिवारबाट कोही भेट्नै आएनन्

०६७ मा जेल परेपछि हजारौँ मान्छे भेट्न आए । शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुई(तीन पटक आए । गिरिजाप्रसाद कोइरालासँग नजिक भएका साथीहरू आएनन् । तर, उहाँहरू नजिक भएका नेताहरू भेट्न आए । विजय गच्छदार पनि भेट्न आए । त्यतिवेला, गिरिजाबाबु बितिसक्नु भएको थियो ।  गिरिजाप्रसादसँग नजिक भएका मान्छेहरू नआउँदा पनि त्यस्तो नराम्रो लागेन । किनकि, मैले जानेरै र बुझेरै असहमति राखेको थिएँ । ‘पार्टी फुटाउन दिनुहुँदैन, शेरबहादुरजीसहितका नेतालाई रोक्नुपर्छ’ भनेको थिएँ ।

उहाँले किसुनजीलाई हटाउने, खेल्ने र स्वार्थ देखाउने व्यवहार देखाउनुभएको थियो । पार्टीमा एकछत्र राज गर्नुभएको थियो । उहाँ बिपी जस्तो विवेक भएको नेता पनि होइन ।  गिरिजासँग असहमति राख्दा यिनले पिर्छन् भन्ने थाहा थियो । प्रजातन्त्रको पक्षमा, राजाको शासनको विपक्षमा लागियो, आन्दोलन गरियो । त्यसैले नेताले गरेको अन्याय किन सहने भनेर गिरिजाबाबुको विरुद्धमा लागेको हुँ । पेल्छन् भन्ने जानेरै खिलाफमा लागेको हुँ, जति सकेँ, त्यति लडेँ । कांग्रेस नेता चिरञ्जीवी वाग्लेकाे याे संस्मरणा नयाँ पत्रिकामा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com