About Contact
२२ आषाढ २०७९, बुधबार
Close
बिज्ञापन
फेल भएकालाई नतिजा फेरबदल गरी लाइसेन्स दिने ८ विरुद्ध मुद्दा

Darpanpost शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – लिखित परीक्षामा फेल भएका छन् । ट्रायल दिएका छैनन् । तर तिनैले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाएका छन् । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले २ महिना ८ दिनमा नतिजा फेरबदल गरी ६ सय २९ लाइसेन्स दिएको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ साउन १६ देखि २०७५ साउन २४ सम्म एकान्तकुनामा गरेको अनुसन्धानमा सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा फेल भएका , अनुपस्थित भएका र चेकलिस्टमा नाम नभएका ६ सय २९ जनालाई लाइसेन्स दिएको पाइएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काप्लेले लेखेका छन् ।

नतिजा फेरबदल गरी इन्ट्री गर्ने र त्यस्तो नतिजा प्रमाण्ीकरण गरी लाइसेन्स जारी गर्न संलग्न यातायात व्यवस्था कार्यालयका ३ अधिकृतसहित ८ जना कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बाढी डुवान तथा आगलानी हुने क्षति न्युनिकरण सम्बन्धि जनचेतनामूलक कक्षा सन्चालन सुरु 
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com