About Contact
१३ आश्विन २०८०, शनिबार
Close
बिज्ञापन
सात दशकपछि बल्ल बन्यो मेची पुल

Darpanpost शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

दमक – हरेकपटक भोटको राजनीति गर्ने अस्त्र मानिएको मेची पुलको कथा अब सकिएको छ , तीन पटकसम्म शिलान्यस भएको यो पुल प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । पूर्वी नेपाललाई भारतसँग जोड्नका लागि राजमार्गबाहेक अर्को पुल निर्माण भएको हो ।

यो पुल २०२२, २०४१ र २०६६ सालमा शिलान्यस भएको थियो । यस पटक पनि नौँ वर्ष लागेर निर्माण सम्पन्न भएको हो । जिल्ला सदरमुकाम भद्रपुरदेखि भारतसम्म जोड्ने यो पुल निर्माणका लागि पटक पटक आन्दोलन भए ।

भद्रपुरका पुराना स्थानीय तथा प्रदेश सांसद ओमप्रकाश सरावगीले राजनीतिक नेतृत्वसँग पहुँच कम भएर निर्माणमा लामो समय लागेको बताए । ‘हामीले पटक पटक पुल निर्माणका लागि दबाद दिएका थियौँ, तर हाम्रो पहुँच पुगेन,’ उनले भने, ‘यस पटक भने पुल जसरी पनि बनाउने भनेर लागेकोमा ९ वर्षमा भए पनि सकियो ।’ यो समाचार आजको नागरिक दैनिकमा युवराज विवशले लेखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
जिल्ला प्रथम विद्यार्थीहरुलाई सम्मान
बर्दघाटका देवकोटाको ’मुसुक्क मिठो हाँसो मायाको‘’ नामक लोक दोहरी सार्बजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com