About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कोलकाताबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प

Darpanpost शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – कोलकाता बन्दरगाहबाट नेपालतर्फ सामान ढुवानी प्रक्रिया पूर्णरुपमा ठप्प भएको छ । रेलमार्गबाट आउने कन्टेनरमा विद्युतीय ट्रयाकिङ प्रणाली (इलेक्ट्रोनिक्स कार्गो ट्रयाकिङ सिस्टम–ईसीटीएस) कार्यान्वयन गरिने भएपछि स्थानीय भन्सार क्लियरेन्स एजेन्ट, रोड ट्रान्सपोर्ट वेलफेयर एसोसियसन र भारत–नेपाल ट्रक एण्ड टेलर अनर्स एसोसियसनले संयुक्त रुपमा नेपालतर्फको ढुवानी ठप्प पारेका हुन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजेश बर्माले लेखेका छन् ।

तेस्रो मुलुकबाट भारतको कोलकाता बन्दरगाह भएर सोझै नेपाल आइपुग्ने भएपछि स्थानीय एजेन्ट, ट्रक तथा ट्रेलर तथा ढुवानीकर्ताले अवरोध गरेका हुन् ।

यो अवरोधका कारण मंगलबारदेखि नेपालतर्फ कुनै पनि कन्टेनर हिँडेका छैनन् । आन्दोलन र अवरोधका कारण फरवार्डिङ प्रक्रिया पूरा भएका करिब एक सय कन्टेनर कोलकातामा बन्दरगाहमा अलपत्र परेका छन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com