About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
सगरमाथा रजत महोत्सव हुने

Darpanpost शुक्रबार, माघ १८, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार । पुर्वी रुपन्देहीको उत्कृष्ट संस्थागत विद्यालय सगमाथा आवासिय माविले आफ्नो विद्यालयको रजत जयन्ती महोत्सवको रुपमा मनाउने भएको छ । बिहिबार विद्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा बोल्दै विद्यालयका प्रिन्सिपल कृष्ण प्रसाद पौडेलले सप्ताहाब्यापी रुपमा माघ २९ गतेदेखि फागुन ७ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी रजत जयन्ती मनाउन लागिएको जानकारी दिनु भयो । रजत जयन्तीका अवशरमा भुपु विद्यार्थी मिलन, छात्रा नगरस्तरीय भलिबल, बक्तृत्वकला, स्वस्थ्य शिविर मधुमेह परिक्षण र परामर्श, फुड फेस्टिबल, बृहत सरसफाई कार्यक्रम, शैक्षिक जनचेतनामुलक ¥याली लगायतका कार्यक्रम गरीने विद्यालयका भोइस प्रिन्सिपल प्रदिप अधिकारीले बताउनु भयो ।

फागुन ७ गते हुने मुल समारोहको प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । विसं. २०५१ सालमा ६५ जना विद्यार्थी र ४ जना शिक्षकबाट अध्यापन शुरु गरेको विद्यालयले हरेक वर्ष कक्षा थपसंगै विसं. २०६० सालमा प्रथम पटक एसएलसी परिक्षामा विद्यार्थीहरुलाई सहभागिता गराएको थियो । विद्यालयमा हाल कक्षा १० सम्म एक हजार ५० र कक्षा ११÷१२ मा ५ सय २५ गरि १५ सय ७५ जना विद्यार्थीहरु ६१ जना शिक्षक कर्मचारीहरु रहेका छन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com