About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
यी हुन् सार्वजनिक कार्यक्रमको मञ्चमै रक्सी पिउने कम्युनिस्ट सरकारका मन्त्री

Darpanpost बिहिबार, माघ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तुलसीपुर । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता समेत रहेका प्रदेश ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सार्वजनिक कार्यक्रममा मञ्चमा बसेका बेला घर पालुवा रक्सी पिएर सबैलाई चकित तुल्याइदिएका छन् ।

दाङको शान्तिनगर गाउँपालिकामा बुधबार अध्यक्ष कप रनिङ सिल्ड फुटबल प्रतियोगिता उद्घाटन गर्न आएका मन्त्री केसीले मञ्चमा घरेलु रक्सी पिएका हुन् ।

त्यति मात्रै होइन केसीले छिटुवामा राखेर दिइएको स्प्राइटको जम्बो बोतल र भुर्कीमा राखिएको रक्सी पनि उपहार स्वरुप लिएका छन् ।

स्थानीय चौधरी महिलाहरूले मन्त्री केसीलाई घर पालुवा रक्सी दिएका हुन् । मन्त्री केसीसँगै शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीले पनि घरपालुवा रक्सी मञ्चमै पिएका छन् ।

प्रदेश ५ का कानूनमन्त्री केसी र गाउँपालिकाका अध्यक्ष डाँगीललाई मालुको पातको बौतामा रक्सी दिइएको थियो ।

कानूनमन्त्रीले घर पालुवा रक्सी मञ्चमै पिउँदै गर्दा उनको छेउँमै दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल, जिल्ला प्रहरी प्रमुख बेलबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।

माओवादी पृष्ठभूमि भएका कानूनमन्त्री केसीले सशस्त्र द्वन्द्वका बेला घरपालुवा रक्सी बनाएको भनेर गाउँका सर्वसाधारणलाई भाटे कारबाही गर्थे । तर, मन्त्री भएपछि आफै मञ्चमा बसेर घरपालुवा रक्सी पिएपछि स्थानीयले कुराकाटेका थिए ।

दाङ प्रहरीले घरपालुवा रक्सी जफत गरेर फाल्ने गरेको छ । तर, कानूनमन्त्रीले मञ्चमै घरपालुवा रक्सी पिउँदा केही भनेन ।

रिपब्लिका दैनिकबाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com