About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
विधेयक फिर्ता लेउ, नत्र अस्पताल पनि बन्द हुन्छ : चिकित्सक संघ

Darpanpost बिहिबार, माघ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

बिहीबार राष्ट्रियसभाले चिकित्सा शिक्षा विधेयक पास गरेलगतै संघले यस्तो निर्णय गरेको हो ।

संघले डा।गोविन्द केसीको माग र अनसनलाई बेवास्ता गरेको भन्दै संघर्षका कार्यक्रम आह्वान गरेको हो । संघले केसीलार्य मात्रै नभई सरकारले देशभरीका डाक्टरहरुको अपमान गरेको भन्दै आन्दोलनको घोषणा गर्नु परेको बताएको छ ।

डा। केसीको जीवनरक्षाका लागि सरकारले कुनै पहल नगरेको भन्दै चिकित्सक संघले भोलि शुक्रबार सांकेतिक आन्दोलन स्वरुप देशभरका सरकारी, गैरसरकारी, निजी, मेडिकल कलेज लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रमा उत्पन्न हुने परिस्थितिको जिम्मेवारसरकार नै हुने संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

डा. केसी २३ दिनदेखि अनसनमा छन् भने उनको समर्थनमा संघले देशभर दबावमूलक कार्यक्रम गर्दै आएको छ ।
न्युज पोलारवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com