About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
पारसलाई भेटेर पूर्वरानी कोमल सिमरा फिर्ता, हिमानी नेपाल आइनन्

Darpanpost बिहिबार, माघ १७, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ – छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन काठमाडौँ आउनुभएकी पूर्वरानी कोमल शाह सिमरा फर्कनुभएको छ । ३ दिनअघि अचानक तेस्रोपटक हृदयघात भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना भएका पारसको स्वास्थ्यस्थिति सुधारोन्मुख हुँदै गएपछि उहाँ बुधबार दिउँसो सिमरा फर्कनुभएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

पूर्वराजा ज्ञानेन्द्रका निजी सचिव सागर तिमल्सिना र प्रभु शमशेरकी पत्नी राजी शमशेर राणाका साथमा काठमाडौँ आउनुभएकी उहाँ ४ बजे बुद्ध एयरको जहाजबाट सिमरा जानुभएको हो ।

कोमलको कारगेट बुधबार बिहानै सिमरा हिँडेको थियो । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहनुभएकी पारसपत्नी हिमानी भने नेपाल फर्कनुभएको छैन ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com