टंक सुनार । प्रदेश नम्बर ५ का भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले वजेट अभावका कारण प्रदेश सरकारले भने जसरी काम गर्न नसकेको बताउनु भएको छ । बुधबार रुपन्देहीको देवदहमा मायाँ देवी खानेपानी आयोजनाको शिलान्यास कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । प्रदेश सरकार संग योजना भए पनि बजेट नभएका कारण अपेक्षित हिसाबले काम गर्न नसकिएको उहाको भनाई थियो । अस्पताल, खानेपानी र सडक निर्माण जस्ता अत्यावश्यक योजानाहरुको निर्माणमा विलम्ब हुन नदिन प्रदेश सरकार लागि परेको उहाको जिकिर थियो ।
मन्त्री चौधरीले प्रदेश नम्बर ५ लाई केही बर्ष भित्रै एक नम्बर प्रदेश बनाउने दाबी पनि गर्नु भयो । भौतिक स्रोत साधनका हिसाबले ५ नम्बर प्रदेश तेस्रो स्थानमा रहेको उल्लेख गर्दै विकास निर्माणका कार्यमा सरकार कटिवद्ध रहेको बताउनु भयो ।
सोही कार्यक्रममा बोल्दै प्रदेश सांसद डा.कृष्ण न्यौपानेले अवको युग भनेको आर्थिक क्रान्तिको युग भएको बताउनु भयो । उहाले अव्यवस्थीत बसोबासको समस्या समाधान प्रदेश सरकारको प्रमुख काम भएको बताउनु भयो ।
कार्यक्रममा ईन्जिनियर राज कुमार चौधरी, वडा अध्यक्षहरु वैकुण्ठ कुँवर, दिपक चापागाई लगायतले बोलेका थिए । प्रदेश सरकारको १ करोड ८२ लाख लागतमा खानेपानी आयोजना निर्माण हुन लागेको हो । २०७७ साल सम्ममा निर्माण सम्पन्न गर्ने गरी सगरमाथा ड्रिलिङ एण्ड खानेपानी कंम्पनी काठमाडौँले ठेक्का लिएको छ ।