About Contact
२० आषाढ २०७९, सोमबार
Close
बिज्ञापन
कम्युनिष्टसंग डरायो कांग्रेस, खास कुरा गरे महामन्त्री कोईरालाले

Darpanpost बुधबार, माघ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भरतपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गर्नुभएको छ ।

आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गर्नुभएको हो ।

“नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौँ”, महामन्त्री कोइरालाले भन्नुभयो”– त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौँ ।” यही महीना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसङ्घको विवाद टुङ्गाउने उहाँले बताउनुभयो ।

अर्को प्रसङ्गमा महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरे पनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताउनुभयो ।

पार्टीको क्रियाशील सदस्यता वितरण गर्न काङ्ग्रेस गाउँगाउँमा जाने महामन्त्री कोइरालाले बताउनुभयो । चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी काङ्ग्रेसले काम गर्ने उहाँको जिकिर छ । “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उहाँले भन्नुभयो– “पार्टी सभापतिको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।” जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उहाँले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
अभियानको बेला मृत्यु भएकी प्यूठानकी हुमी देवीको परिवारलाई मगर संसारद्वारा आर्थिक सहयोग
धन्यवाद मेयर साबलाई, गरीबको बाच्ने अधिकार कहाँ छ र ? ‘गरिबको चमेली बोल्दिने कोही छैन (भिडियो सहित)

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवाहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६
    प्रधान सम्पादक –टंक सुनार
    प्रवन्ध निर्देशक–विमल भट्टराई

Contact Us for Assistance !

Contacts

Tel: + 91-7398598063

Email: [email protected]

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : +9779857046569/+9779867000269
Email :[email protected]

Web :- www.darpanpost.com