About Contact
१८ चैत्र २०७९, शनिबार
Close
बिज्ञापन
सहिदबारे कांग्रेस नेताले खोले मुख, चकित परे जनता

Darpanpost बुधबार, माघ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

घोराही । बुधवार देशको लागि आफ्नो प्राणको आहुति दिने अमर सहिदहरुको सम्झना गर्ने दिन । राणा शासन विरुद्धको आन्दोलनमा ज्यानको बाजी लगाएका अमर सहिदहरु धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ र दशरथ चन्द ठकुरीको सम्झनामा बुधवार देशभर बिभिन्न कार्यक्रम गरिएको छ ।

पछिल्ला वर्षहरुमा सहिदको अपमान भएको गुनासो बढिरहेको छ । सहिदको मापदण्ड र संख्याबारे सरकार समेत अनभिज्ञ छ । जो सुकैलाई पनि सहिद घोषणा गर्ने प्रवृत्तिको अन्त्य गदै वास्तविक सहिदको सम्मान गर्न बिभिन्न क्षेत्रबाट माग हुँदै आएको छ ।

दिवसको अवसरमा नेपाली काग्रेंस दाङले पनि सहिदहरुको सम्झनामा अन्तरक्रिया कार्यक्रम गरेको छ । नेपाली काग्रेंस दाङका सभापती कृतिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले वीर सहिदहरुको सपनालाई पुरा गर्न पहिला आफ्नो स्वार्थलाई त्यागर्नुपर्नेमा जोड दिनुभएको छ ।

अहिलेको सरकारले प्रजातन्त्र खतरामा पार्न खोजेको भन्दै प्रजातन्त्रलाई जोगाउन सबै एक भएर लाग्नु पर्ने उहाँहरुले बताउनुभयो । साथै उहाँहरुले सहिदहरुको बलिदानको उच्च सम्मान गर्नु सबै नेपालको कर्तव्य रहेको उल्लेख गर्नुभएको थियो ।

नेपाली काग्रेंस दाङका उपसभापती कमाङसिह भारतीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्व सभापती बिरकेसरी गौतम,नेपाली काग्रेसं प्रदेश नं ५ का सासंद अर्जुन कुमार श्रेष्ठ लगाएतले समृद्धि र बिकासलाइृ अघि बढाउने काग्रेसको दायित्व भएको भन्दै सकारात्कम सोचका साथ अघि बढ्नुपर्ने बताउनुभएको थियो । कार्यक्रमको सहजीकरण नेपाली काग्रेंस दाङका सचिव टेकबहादुर वलिले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय सहकारी दिवस २०७९ काे अवसरमा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम परासीमा सम्पन्न
नवलपरासीमा राम नवमीको अवसरमा हिन्दु स्वयं सेवकले भव्य मोटरसाईकल रैली

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com