About Contact
१८ जेठ २०८०, बिहिबार
Close
बिज्ञापन
१३ वर्षदेखि ओछ्यानमा नै ‘जिउँदो सहिद’ मुकेश

Darpanpost बुधबार, माघ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काभ्रे – दोस्रो जनआन्दोलन देशभरि चर्किरहेको थियो । २६ चैत्र ०६२ मा काभ्रे बनेपा ४ का भीमसेन दाहाल सुरक्षाकर्मीको गोलीबाट पोखरामा मारिए । दाहालको मृत्युपछि काभ्रेमा झन आन्दोलित बन्यो ।

काभ्रेबासीले आन्दोलन सुरु गरे । बनेपामा २७ चैत्रमा सुरक्षकर्मीले चलाएको गोली लागेर मुकेश घाइते भए । सोही दिनदेखि  ओछ्यानमा परेका मुकेश अहिलेसम्म उठ्न सकेका छैनन् ।

गोली लाग्दा १४ वर्षको मुकेश अहिले २७ वर्षका भए । तर, गोलीले बनाएको कन्चटको घाउको खत अझै प्रस्ट देखिन्छ । गोली लागेपछि घाइते भएपछिको केही समय अस्पतालमा बिताएका उनी अहिले प्रायः घरमै रहन्छन् । सारोगाह्रो भएको अवस्थामा मात्र उनलाई अस्पताल लाने गरिएको  छ। मुकेशलाई जनताले ‘जिउँदो सहिद’ विशेषण दिएका छन् । तर, उनको पारिवारिक अवस्था भने निकै दयनीय छ । यो समाचार आजको नयाँ पत्रिकामा इन्द्रबहादुर थापाले लेखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
ग्रामिण पत्रकार समूह बराहक्षेत्रको कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा कार्की
बिजय नगरमा साइकल बितरण

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com