About Contact
०५ आश्विन २०८०, शुक्रबार
Close
बिज्ञापन
कोसी ब्यारेज निर्माण सम्झौता भएको ६३ वर्षदेखि मुआब्जाको लडाई

Darpanpost बुधबार, माघ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

उदयपुर – नेपाल भारतबीच कोसी ब्यारेज निर्माण सम्झौता भएको ६३ वर्ष बितिसक्दा पनि पीडितले मुआब्जा पाएका छैनन् । कोसीमा बाँध निर्माण गर्दा स्थानीयको जग्गालाई क्षति पुग्ने भएपछि दुई देशबीच पीडितलाई क्षतिपूर्ति दिने सहमति भएको थियो ।

कोसीपीडितहरु ६३ वर्षदेखि मुआब्जा पर्खाइमा छन् । नेपालमा २२ जना प्रधानमन्त्री फेरिए पनि सम्झौता कार्यान्वयन नभएको स्थानीयको गुनासो छ । कोसी ब्यारेज बनाउन २०१२ जेठ १५ मा सम्झौता भएको थियो ।
‘मुआब्जाका लागि आवाज उठाउँदै तीन पुस्ता बित्यो,’ बेलका २ का ५४ वर्षीय सूर्य बस्नेतले भने, ‘हाम्रो माग कसैले सुनेनन् । मेरा बुवाले मुआब्जा माग्दै आन्दोलन गर्नु भएको थियो । मैले पनि त्यही गरेँ । छोरो यसकै लागि लडाइँ गर्दै छ ।’ याे समाचार अन्नपूर्णमा भरत खड्काले लेखेका छन् ।

सम्बन्धित

ताजा अपडेट
कृष्णनगर नगरपालिकाका शिक्षकहरु आन्दाेलित , माग पुरा नभए सम्म आन्दोलन नराेक्ने
तेस्रो रुरु कालीगण्डकी अन्लाईन तीज नृत्य प्रतियोगिता २०८० को नतिजा सार्वजनिक

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com