About Contact
१० आश्विन २०८०, बुधबार
Close
बिज्ञापन
मलेसियामा कार्यरत २ हजार नेपाली श्रमिकद्वारा हडताल फिर्ता, काममा फर्कन सहमत

Darpanpost बुधबार, माघ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौँ — मलेसियाको डब्लूआरपी कम्पनीमा कार्यरत झन्डै २ हजार नेपाली श्रमिक बुधबारदेखि काममा फर्कन सहमत भएका छन् । तीन महिनादेखि तलब नपाएपछि उनीहरू सोमबारदेखि हडतालमा थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

क्वालालम्पुरस्थित नेपाली दूतावास र मलेसियाको श्रम विभागका प्रतिनिधिको रोहबरमा कम्पनीले आउँदो फागुन १६ सम्म (फेब्रुअरी २८) भित्र जनवरी महिनासम्मको न्यूनतम तलब र ओभरटाइमबापतको सबै पारिश्रमिक भुक्तानी गर्ने प्रतिबद्धता जनाएको छ ।

कम्पनीले नोभेम्बरसम्मको तलब सोमबार नै श्रमिकको खातामा हालिदिएको छ । डिसेम्बरको तलब फेबु्रअरी १५ र जनवरीको तलब फेब्रुअरी २८ सम्म भुक्तानी गर्ने तथा त्यसपछि पनि निरन्तर दिइरहने कम्पनीले जनाएको छ ।

कम्पनीको लिखित प्रतिबद्धतापछि नेपाली दूतावासले कामदारलाई काममा फर्किन अनुरोध गरेको थियो । ‘दूतावासले नै तलब पाउने ग्यारेन्टी गरेको छ । हामीलाई काममा फर्किन अनुरोध गरेपछि हडताल तोडेका हौं,’ खोटाङका ललित घलानले भने ।

सम्बन्धित

ताजा अपडेट
लुट कान्छा लुट भत्ताको नाममा रामग्राममै छ छुट ।
राहत शिक्षकहरुले काठमाडौंमा बिरोध प्रदर्शन

Facebook

दर्ता विवरण

  अध्यक्ष : विमल भट्टराई
सम्पादक : टक बहादुर सुनार

सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

सूचीकरण प्रमाणपत्र  न.: १६०१

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com