About Contact
०९ चैत्र २०७९, बिहिबार
Close
बिज्ञापन
भेनेजुएलामा संकट यात्रा

Darpanpost बुधबार, माघ १६, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

भेनेलुएलाको आन्तरिक राजनितिले यतिबेला संकट व्यहोरिरहेको छ । उक्त संकटमा संयुक्त राज्य अमेरिकाले मुख्य भुमिका खेलेको पाईन्छ,जुन गलत प्रवृतिको विश्वभर नै चर्चाको विषय भनेको छ । विश्वमा आफुलाई शक्क्तिशालि राष्टको रुपमा चिनाउदै आएको ट्रम सरकारका पछिल्ला गतिविधिले आफ्नो छवि माथि विस्तारै गलत प्रवृतिको भागेदार भएर अगाडि बढेको देखिन्छ । हो यस्तै भेनेजुएला माथि ट्रम सरकार र उक्त सरकारका पक्षधर राष्ट्रले चालेको यो कदमले पक्कै पनि भेनेजुएलामा संकट निम्ताउने निश्चित छ । यसले गर्दा उक्त क्षेत्रमा अमानविय त्रियाकलाप बढ्ने अनुमान गर्न सकिन्छ । ट्रम सरकारले भेनेजुएला माथि सरकार विरुद्ध विभिन्न किसिमका झुटा आक्रामक प्रचारले क्रान्तिको विन्दु उत्कर्षमा पुगेको छ । भेनेजुएला सरकारले ल्याएको निति सँगै भेनेजुएला माथि संयुक्त राज्य अमेरिकाले गरेको नाकाबन्दिका कारण थप समस्या शृर्जना गरेको छ । जुन कार्य अन्तराष्टिय सन्धि विपरित छ हो यस्तै कारणले भेनेजुएलामा आर्थिक संकटले पनि सिमाले बढावा पाइ जनजिवन निति परिवर्तनले थप समस्या लाई झेल्नु पर्न छ ।

संकटका विभिन्न कारण मध्य उच्च मुद्धास्फिति, आर्थिकमन्दिका प्रभावले भेनेजुएलामा राजनिति रुपमा धृविकृतको वातावरणको शृर्जना भएको हो । ट्रम सरकार र पक्षधर राष्टहरले भेनेजुएलामा भएका गैरकानुनि क्रियाकलापलाई थप अगाडि बढाउनाले यो समस्याको समाधान अनिश्चित नै छ । यसको परिणाम रक्तपात , निति नियम अस्थिरता , अराजकता मुख्य तत्वले भेनेजुएलालाई उद्योगति तिर जान बाध्य पार्छ । अमेरिकि एकाधिकारात्मक शासन नितिको गहिरो प्रभाव भेनेजुएलाले भोगिरहेको छ । जसको विरोध संयुक्त राज्य अमेरिकाबाट नै सुरु भएको छ ।

यदि ट्रम सरकारको यो योजना सफल भए भेनेजुएलामा ग्रहयुद्धको प्रारम्भ हुने निश्चित छ । किनभने उक्त सरकारका पक्षधर राष्ट्र एकतिर अर्कोतिर भेनेजुएलामा अवौ लगानि गरेका रुस , ईरान , ट्रर्कि र चीन जस्ता शक्क्तिशालि राष्ट्र पनि छन । त्यस्तै भेनेजेएलामा तेलको उत्पादन लगाएत अरु क्षेत्रमा लगानि गरेर एक हिसां भारतले पनि ओगटेको छ । त्यसैले नेपाल जस्ता राष्ट्रका लागि यो प्रकारको राजनितिक दन्दले नराम्रो प्रभाव प।र्छ । हामि बसोवास गर्न राष्ट्रमा दरिलो पुर्वाधार निमाणको कार्यदिशा तय हुन नसक्नुले हाम्रो फितलो आर्थिक नितिले विश्वको तुलनामा मेल खादैन ।

यसैकारणले भेनेजुएला माथिको दमन को बारेमा नेकपाका अध्यक्ष प्रचण्डले मात्र भेनेजुइलाका एक पक्ष मादरोको समर्थनमा वक्क्तव्य सार्वजनिक गरि संयुक्त राष्ट्र अमेरिकाको विपक्षमा उभियका छन यस्तै नेपाल सरकारले पनि आफ्नो वक्क्तव्य सार्वजनिक गरिएको छ । तर वर्तमान सरकारको यतातिर ध्यान जान सकेको देखिदैन , आशा गरौ सहि पक्षलाई समर्थन गरि सरकारको आधिकारिक धारणा आउने छ । यस्तो परिस्थितिमा भेनेजुएलाको राजनिति दन्दलाई समाधानको लागि राजनितिक सहमतिबाट समाधान निकाल्न जरुरि छ ।

भीमसेन साउँद,

नेपाल युवा परिषद सुदुरपश्चिम

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्य
स्वास्थ्य सेवा अब एउटै छानामुनी

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com