About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कांग्रेसको आन्दोलन देखेर डराए प्रधानमन्त्री ओलि, अकस्मात बोलाए देउवालाई, के भयो त कुराकानी ?

Darpanpost मंगलबार, माघ १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको अधिनायकवादविरुद्ध देशभरि आन्दोलन चलाउन थालेपछि आत्तिएका प्रधानमन्त्री खड्गप्रसाद ओलीले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा आइतबार भेटवार्ता भएको कांग्रेसका सहमहामन्त्री डा।प्रकाश शरण महतले जानकारी दिए ।

ओली र देउवाबीच भएको वार्तामा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियनको आसन्न निर्वाचनबारे छलफलका लागि बोलाएको जनाइएको छ । प्रधानमन्त्री ओलीले देउवासहित विद्यार्थी संगठनका पदाधिकारीलाई पनि आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएका थिए ।

बैठकमा सहभागी कांग्रेस सहमहामन्त्री डा।महतले प्रधानमन्त्री ओलीले स्ववियू निर्वाचनको वातावरण राम्रो बनाउन आग्रह गरेको जानकारी दिए ।

सभापति देउवाले भने सरकारका कामकारबाही समस्यामुलक भएको उल्लेख गरेका थिए । नेपाली कांग्रेसका सभापति देउवाले सरकारले प्रमुख विपक्षी दलका कुरा नसन्ने, संसदमा पेलेर जान खोज्ने, सहमति र सहकार्यको वातावरण धुमिल्याउँदै आएको जस्ता आरोप ओलीलाई लगाएको डा।महतले बताए ।

डा।महतले सरकारले आफ्ना नेताको नाम मेट्ने कोसिस गरेको, संवैधानिक परिषदका सदस्य रहने प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थिति विनै संवैधानिक निकायका प्रमुख सिफारिस गरेको र विपक्षीले संसद अवरोध गर्दा गर्दै जबरजस्ती चिकित्सा विधेयक पास गरेकोमा देउवाले आपत्ती जनाएका थिए ।

सभापति देउवाले कम्युनिस्ट सरकारले प्रमुख प्रतिपक्षी दलसँग गरेको व्यवहार र नेविसंघका नेताहरूलाई प्रहरीले गरेको ज्यादतिका विषयमा ओलीसँग असन्तुष्टि व्यक्त गरेका थिए ।

डा।महतले भने, ‘प्रधानमन्त्रीले भने आफू विधि र प्रकृयामा विश्वास गर्ने मान्छे भएको भन्ने कुरा गर्नुभयो । खासै ठोस कुरा गर्नुभएन ।’

सरकारले आफ्ना नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा खुलेका अस्पताल विघटन गरेको भन्दै कांग्रेसले संसद अवरूद्धमात्रै हैन ७७ जिल्लामै विरोधका कार्यक्रम गर्ने घोषणा गरेको छ ।

आफूले संसद अवरोध गरिरहँदा बहुमतको आडमा चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गरेपछि सरकारसँग कांग्रेस रूष्ट छ ।

नेपाल विद्यार्थी संघ आन्दोलनमा उत्रिएको छ । सरकारका गतिविधिको विरोध गर्दै पछिल्लो समय नेविसंघ सडक आन्दोलनमा उत्रिएको छ ।

नेविसंघले सरकारविरुद्ध प्रर्दशन गर्ने, प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, मसाल जुलुस गर्नेलगायतका विरोध गर्दै आएको छ ।

देउवा बोलेपछि नेविसंघ सभापति नैनसिंह महरले सरकारले नै द्वन्द निम्त्याएको बताएका थिए । उनले नेविसंघ महामन्त्रीलगायत विद्यार्थीको टाउको फुटाइएको भन्दै सरकारले द्वन्द्व निम्त्याएर स्ववियु चुनाव भाँड्ने षड्यन्त्र गरेको आरोप लगाए ।

संयुक्त बैठकपछि ओली र देउवाबीच वान टु वान बैठक पनि भएको थियो । वान टु वानमा समेत कुनै ठोस निष्कर्श ननिस्केको डा।महतले पत्रकारहरूलाई बताएका छन् ।

रिपब्लिका दैनिकवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com