About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
फोरम नेपालका कारण नेकपामा भिषण पहिरो, कम्युनिष्टलाई लाग्यो गम्भीर आरोप

Darpanpost मंगलबार, माघ १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सोलुखुम्बु । नेपाल कम्युनिष्ट पार्टी परित्याग गरि संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् । पार्टीप्रति चरम असन्तुष्टि व्यक्त गर्दै दर्जनौ बढी जिम्मेवार कार्यकर्ताले पार्टी परिवर्तन गरेका छन्।

उनीहरुले लिखित वक्तव्य जारी गर्दै विगत लामो समयदेखि पूर्व नेकपा एमालेमा निष्ठापूर्वक काम गरेको जानकारी गराउँदै हाल बाम गठबन्धनले बहुमत प्राप्त गरी पार्टी एकतासम्म आइपुग्दा सम्म पार्टीले जनता सामु गरेका बाचा पूरा नगरी भ्रष्टचारलाई बढवा दिदैँ राज्यको ढुकुटी रित्याउने काम गर्दै आएकाले आफुहरु पार्टीका नेता देखि सन्तोषजनक नभएको बताएका छन् ।

उनीहरुले पूरै तानाशाही र राणाशासनको जस्तो पद्धतीबाट शासन चलाएको, पार्टीभित्र अनुशासनहीनता मौलाएको, स्थानीय तहमा प्राप्त बजेट नातावाद र कृपावादका रुपमा कोठे बैठक बसी विनयोजन गर्ने गरिएको, राजनीतिमा गुट उपगुटको संस्कार झाङ्गिदै असल कार्यकर्तालाई पाखा लगाइएको, जनप्रतिनिधिका रुपमा जितेकाले चरम अहमता प्रस्तुत गरी कार्यकर्तालाई कागजी घोडाको साक्षीका रुपमा मात्र प्रयोग गरेको जस्ता आरोप लगाउँदै पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।

पार्टी प्रवेश गर्नेहरुमा जिल्ला कमिटी सदस्य डबलसिं कार्की, लिखुपिके गाउँपालिकाका पूर्व गाउँ कमिटी अध्यक्ष छोङ्बा शेर्पा, पूर्व वडा अध्यक्ष गेल्बुछिरी शेर्पा, पूर्व नेकपा माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य कल्ज्याङ शेर्पा लगायत विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता रहेको संघीय समाजबादी फोरमका केन्द्रिय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज लाक्पा शेर्पाले जानकारी दिनुभयो ।

संघीय समाजवादी फोरम मात्रै अबको वैकल्पिक राजनीतिक पार्टी भएको र सबै जाति, वर्ग मिलेको समतामुलुक समाज निर्माण गर्न सकेको खण्डमा मात्रै नेपालको समृद्धी संभव रहेको भन्दै गाउँगाउँमा सिहंदरबार भनिएपनि गाउँमा सिंहहरुको मात्रै बिगबिगी बढेकाले संघीयतालाई संस्थागत गर्न समाजवादी फोरम मात्रै एक विकल्प रहेकोले लामो समय संघर्ष गरेको पार्टी परित्याग गरी नयाँ विचार, सिद्धान्तसहितको पार्टीमा प्रवेश गरेको नेता डबलबहादुर कार्कीले बताउनयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com