About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
जनताका सेवक बने काँग्रेस नेता शेर्पा, यिन गरे यस्तो काम

Darpanpost मंगलबार, माघ १५, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य एवं काँग्रेस नेता सोनाम ग्याल्जेन शेर्पाले नगरपालिका–७ का सबै दलित समुदयाको विद्युत महशुस भुक्तानी गरिदिने बताउनु भएको छ । न्यून आर्थिक अवस्था भएका वडामा रहेका ३२ घरधुरी दलित समुदायको महशुल आफुले राज्यबाट पाउने भत्ता तथा सुविधाको रकमबाट मासिक रुपमा भुक्तानी गरिदिने घोषणा गर्नु भएको हो ।

शेर्पाले आफुले मासिक १० हजार रुपियाँ नगरपालिकाबाट सुविधा स्वरुप पाउने र त्यसमा आवश्यक रकम थप गरी १५ हजार रकम बिजुलीको बिल बापत तिर्ने शेर्पाले बताउनु भएको हो । विगत लामो समयदेखि सोही वडामा रहेको गार्मा माध्यामिक विद्यालयमा लाखौँको सहयोग गर्दै आएनुभएका समाजसेवी शेर्पाले यो घोषणा गरेसँगै गार्माका दलित समुदायले निःशुल्क रुपमा विद्युत उपभोग गर्न पाउने भएका छन् ।

नेपाली काँग्रेसका तर्फबाट कार्यपालिका सदस्य बन्नुभएका शेर्पाले आर्थिक अभावकै कारण बिजुलीको पहुँचमा नरहेका घरधुरीमा विद्युत जडान गरिदिने बताउनुभयो । समाजमा पछिपरेका समूदायलाई माथि उकास्न सके मात्र समानुपातिक रुपमा समाजलाई समृद्ध बनाउन सकिने उहाँको भनाइ छ । उहाँले विगतदेखिनै गार्मा माविको शिक्षामा ठूलो योगदान गर्नुभएको छ । भवन, फर्निचर, आवासलगायत कुरामा उहाँको सहयोग रहेको विद्यालयले जनाएको छ ।

शेर्पाले विद्युत महशुल तिरिदिने भएपछि स्थानीय दलितहरु खुशी भएका छन् । भित्ताखर्कका पूर्णबहादुर विकले भन्नुभयो –विभिन्न कारणले पछि परेर आर्थिक अवस्था समेत कमजोर रहेका दलित समुदायलाई सहयोग गर्ने मान्छे पाउँदा धेरै खुशी लागेको छ । गाउँमा कतिपय दलितहरु विजुलीको बिल तिर्न नसक्ने अवस्थामा रहेका छन् भने कतिपयले विद्युत जडान समेत गर्न सकेका छैनन् –उहाँले थाप्नुभयो । अर्का मिन्दुपाकेका स्थानीय रमेश विकले पनि शेर्पाको सहयोगले दलितले ढुक्कले बत्ती बाल्न पाउने बताउनुभयो । बिल धेरै आउला अर्थात बिलको रकम कसरी तिर्ने भन्ने चिन्ताबाट अब मुक्त हुने उहाँको भनाइ छ ।

समाजमा पछि परेका समूदायलाई व्यक्तिगत रुपमा सहयोग गर्नु धेरै सकरात्मक काम भएको नगर प्रमुख नाम्गेलजाङ्बु शेर्पाले बताउनुभयो । सहयोगका लागि धन्यबाद दिदैँ सबैले क्षमताअनुसार सहयोग गर्न सके नगरपालिका समृद्ध बन्न टेवा पुग्ने उहाँको भनाइ छ ।
हिम शिखरवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com