About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
वडा स्तरीय भलिबलको उपाधि भलुहीलाई

Darpanpost सोमबार, माघ १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

टंक सुनार
माघ १४ । स्वतन्त्र भुतपुर्व सैनिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि रीयल टाइगर भलुहीले जितेको छ । सोमबार रुपन्देहीको देवदहमा संञ्चालित फाइनल खेलमा देवदह–७ पहेलोलाई २७–२६,२५–१५,२१–२८ र २८–१८ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । उपाधि संगै भलुहीले नगद २० हजार हात पारेको छ भने उपविजेता बनेको देवदह–७ पहेँलोले १० हजारमा चित्त बुझाएको हो । विजेता भलुही सेमिफाइनलमा देवदह–७ निलोलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । त्यस्तै उपविजेता देवदह–७ पहेलो चरङ्गेलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो । भुतपुर्व सैनिक कल्याणकारी परीवार देवदहको बार्षिक उत्सवको अवशरमा हरेक बर्ष पुरुष भलिवल प्रतियोगिता संञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com