About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
कांग्रेसदेखी डरायो कम्युनिष्ट सरकार, आत्तिदै गर्यो यस्तो निर्णय

Darpanpost सोमबार, माघ १४, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संवैधानिक आयोगका अध्यक्षमा सिफारिस भएका व्यक्तिहरूको संसदीय सुनुवाइमा आपत्ति जनाएको छ।
सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा संवैधानिक परिषदले विभिन्न आयोगका अध्यक्षमा सिफारिस भएका व्यक्तिहरूको व्यक्तिगत विवरणसहित सुनुवाइका लागि पत्र पठाएको थियो।

उक्त प्रक्रिया शुरु हुने बित्तिकै समितिमा रहेका कांग्रेस सांसदहरूले पक्रिया विपरीत भएको भन्दै आपत्ति जनाएका थिए। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले प्रमुख प्रतिपक्षी दलका नेता तथा संवैधानिक परिषद्का सदस्य शेरबहादुर देउवाको अनुपस्थितिमा बसेको संवैधानिक परिषदको बैठकले नियुक्तिका लागि सिफारिस गरेको भन्दै आपत्ति जनाएका थिएइ। संवैधानिक परिषद्को माघ ६ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेलको नाम सिफारिस गरिएको थियो।

त्यसैगरी राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदीलाई सिफारिस गरेको संवैधानिक परिषद्ले मधेसी आयोगमा डा। विजय दत्तको नाम सिफारिस गरेको थियो। थारू आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरीलाई सिफारिस गरिएको थियो भने मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारीको नाम सिफारिस गरिएको थियो। सुनुवाइ समितिको सोमबारको बैठकमा कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिपक्षी दलका नेतालाई संवैधानिक परिषद् बैठकको जानकारी पनि नदिएको र अनुपस्थित भएको बेलामा निर्णय भएको भन्दै आपत्ति जनाएका थिए।

समितिमा सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टीका सांसदहरू योगेश भट्टराई, सुरेन्द्र पाण्डे लगायतले समितिले संवैधानिक परिषद् बैठकले पक्रिया पूरा गर्‍यो कि गरेन भन्ने जाँच गर्ने कार्यक्षेत्र नभएको भन्दै सुनुवाइ अगाडि बढ्नुपर्ने माग गरेका थिए। त्यसपछि समिति सभापति लक्ष्मणलाल कर्णले केही दिनका लागि सुनुवाइ स्थगित गर्ने निर्णय गरेका थिए। त्यसैगरी, समितिको आजको बैठकबाट अमृत राईको नाम संयुक्त राष्ट्रसंघ स्थायी प्रतिनिधि न्यूयोर्कका लागि सर्वसम्मतिले अनुमोदित गरेको छ।
थाहाखबरवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com