About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
प्रचण्डको क्षेत्रबाट गर्जिए गगन, यसरी गरे कम्युनिस्टको पर्दाफास

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

चितवन । नेपाली कांग्रेसका लोकप्रिय युवा नेता गगन थापा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला चितवनबाट गर्जिएका छन् ।

थापाले कम्युनिस्टहरूको पर्दाफास गर्दै नेकपाको एकता डर र लोभमा टिकेको बताएका हुन् ।

चितवनको माडीमा अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै थापाले भने, ‘यो एकता विचार र दृष्टिकोणको एकता हैन, पूरै अल्मिलिएको छ । लोभ र डरको एकता हो, देश बनाउने दृष्टिकोण र भिजनको एकता हैन यसको प्रभाव शासकीय प्रभावमा परेको छ ।’

एमालेको प्रधानमन्त्रीको लोभ र माओवादीको पार्टी नरहने डरका कारण दुई पार्टी एक भएको उनको दाबी छ । कांग्रेस नेता थापाले गिरिजाप्रसाद र सुशील कोइरालाको नाम अस्पतालबाट हटाउँदैमा कांग्रेसको मनबाट हटाउन नसक्ने बताएका छन् ।

कांग्रेसमाथि सरकारले गरेको व्यवहार कस्तो छ भन्ने सन्देश प्राप्त भएकाले पार्टीले आपत्ति जनाएको उनले बताए । केही दिनअघि चितवनकै कांग्रेस नेता तीर्थराज भुसालले पार्टी छाडेर नेकपामा गएपछि गगन थापा कार्यकर्तालाई भेट्न चितवन पुगेका छन् ।

मिडीया डबलीवाट

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com