About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कांग्रेसवाट बिजयी मेयर यसरी बने जनताका सेवक, घाईतेलाई अस्पताल पठाइयो

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

तपेन्द्र धामी ,विनायक । कांग्रेसवाट विजय मेयरले जनताको घाउमा मलमपट्टि लगाएका छन् । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका प्रमुख देवराज देवकोटाले चट्याङ लागेर घाईते भएकाहरुलाई जिल्ला अस्पताल पुर्याएका छन् ।
बुधबार राति नगरपालिकाको वडा नम्बर ७ मा चट्याङका कारण २२ बर्षिय धना देखि रावलको शुक्रवार निधन भएको थियो भने १९ जना घाईते भएका थिए ।

चट्याङ लागेर घाईते भएका स्थानिय बृकिसे रावल, धनबहादुर रावल, खडक बहादुर रावल, जैसरा कामी, मना कामी , दिपु कामी , बासु कामी, धर्मादेखि रावल लगायत रहेका छन । यस्तै टेक बहादुर बटाला, सिर्जना देबि बटाला, भावना देबि बटाला, धिर्जा बटाला, रामकलि देबि रावल, भावना सुनार, तुलादेवि कामी , कमला देबि कामी,लालु कामी , रुपा सुनार र मन्सरा देवि कामीलाई उपचारमा कुनैपनि कमी नहुने नगर प्रमुख देवकोटाको भनाई छ ।
घाईतेहरुलाई नगर प्रमुख देवकोटा र मुख्य सल्लाहकार वेदप्रकाश तिमिल्सैना सहितको टोलि राहत र उद्दारका लागि आज घटना स्थल पुगेको थियो । घटनाको अध्यायन गर्दै नगर प्रमुख देवकोटाले सबै घाईतेलाई जिल्ला अस्पताल लिनुपर्ने भन्दै यातायातको व्याबस्थापन गरेपछि उनिहरुलाई जिल्ला अस्पताल पुर्याएको उहाका प्रमुख सल्लाहकार बेदप्रकाश तिमिल्सैनाले जानकारी दिनुभयो ।
मृतक रावलको दाहासंस्कार र क्रियाको लागि नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । लगातारको बर्षाका कारण घटनास्थलबाट घाईतेहरुलाई समयमै अस्पताल पुगाउन नसकिएको हो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
कलाकारहरुको गोपनियता र सुरक्षामा साइबर हमला हुनेक्रम बढ्योः भुवन केसी
सरकारले मिटरब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com