About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
अज्ञात रोगका कारण बाख्रा मर्न थाले

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

गाईघाट । उदयपुर जिल्लाको बेलका नगरपालिकाको वडा नम्बर ६,४ र ७ मा एक हप्तादेखि आज्ञात रोगका कारण कृषकको थ्रुपै खसी, बोका र बाख्रा मरेका छन् ।

बेलका–८ मा मात्र एक हप्ताभित्र डेढ दर्जनभन्दा बढी खसीबोका र बाख्रा मरिसकेको स्थानीयवासी राजकुमार मगरले बताउनुभयो । यस्तै वडा नम्बर ४ र ७ मा समेत खसीबाख्रा बिरामी हुने र मर्नेक्रम बढेको वडा नम्बर ४ का ध्रुव कार्कीले बताउनुभयो ।

अहिले रोगको प्रकोप फैलिँदै गएपछि नगरपालिकाले उपचारमा पशु चिकित्सक परिचालन गरे पनि रोग नियन्त्रणमा नआएको नगरप्रमुख दुर्गाकुमार थापाले बताउनुभयो ।

कुन रोग लागेको हो भन्ने कुरा अहिले विशेषज्ञले अनुसन्धान शुरु गरे पनि रोग पत्ता लागि नसकेको जानकारी दिँदै उहाँले अहिले फैलिएको रोगको लक्षणमा खसीबाख्राको नाकबाट पातलो सिङ्गान आउने, स्वासप्रश्वासमा समस्या हुने, घाँस खान समस्या हुने र मर्ने गरेको बताउनुभयो ।

यता रोग फैलिँदै जान थालेका कारण अन्य कृषक भने आफ्ना पनि खसीबाख्रा बिरामी भएर मर्ने डरले चिन्तित भएको वडा नं.४ का भवीन्द्र राईले बताउनुभयो । रासस

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com