About Contact
१४ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
कांग्रेसवाट निर्बाचित मेयरको कमाल ! एक पछि अर्को सराहनीय यस्तो काम

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

पर्वत । कांग्रेसवाट विजयी मेयरले फेरी जनताको पक्षमा काम गर्नु भएको छ । आफू जनप्रतिनिधि निर्बाचित भएपछि राज्यबाट पाउने सेवा सुविधा नगरवासीकै प्रयोजनका लागि खर्च गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीले नगरपालिका–१४ आर्थरडाँडाखर्कमा रहेको शुभकल्याण आधारभूत विद्यालयको शैक्षिक विकासका लागि आफ्नो दुई महीना बराबरको तलब रु ७० हजारबाट अक्षयकोष स्थापना गर्नुभएको हो ।
विद्यालयको ५७ औँ वार्षिकोत्सवको अवसरमा पहिलोपटक सो रकम अक्षयकोष स्थापनाका लागी सहयोग गर्नुभएको हो । उहाँले यसअघि नगरपालिकाभित्रका विपन्न, असहाय विद्यार्थीको पठनपाठन, न्यानो कपडा वितरण, बिरामीलाई उपचारलगायतका कार्यमा सहयोग गर्दै आउनुभएको थियो ।

आफु निर्वाचित भएको झण्डै २२ महिना पुगिसकेको र अहिलेसम्म आफूले प्राप्त गरेको तलब, भत्ताबाट प्राप्त गरेको रकम नगरवासीकै सेवामा खर्च गरेको नगरप्रमुख जोशीले बताउनुभयो ।
उहाँले कुश्मालाई नेपालकै नमूना नगरपालिकाको रुपमा विकास गर्न थालिएको बताउँदै अब नगरका सवै वडामा कालोपत्रे सडक, घरघरमा खानेपानीका धारा, शिक्षा, स्वास्थ्य, सिँचाइलगायतका पूर्वाधारको एकीकृत रुपमा विकास गरिने बताउनुभयो ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
नवलपरासीको सुस्तामा बर्थिङ सेन्टर सञ्चालनमा, प्रत्येक वडामा निशुल्क स्वास्थ्य उपचार सेवा
राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेललाई सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com