About Contact
१० चैत्र २०७९, शुक्रबार
Close
बिज्ञापन
एका एक मधेशमा जल्यो गृहमन्त्री बादलको पुतला, मन्त्रीकै ईसारामा गोली हानियो

Darpanpost शनिबार, माघ १२, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । कम्युनिष्ट सरकारका गृहमन्त्रीको पुतला जलाइएको छ । जनकपुरमा शुक्रबार साँझ गृहमन्त्री राम बहादुर थापा बादलको पुतला दहन गरिएको हो ।
सप्तरीका दीपेन्द चौधरीलाई ईन्काउन्टर गरेको विरोधमा युवाहरुले गृहमन्त्री बादलको पुतला दहन गरिएको हो । चौधरीलाई नेपाल प्रहरीले नियन्त्रणमा लगेर गोली ठोकेको भन्दै युवाहरुले विरोध जनाउँदै आन्दोलित भएका छन् ।
गत मंगलबार चौधरीलाई भारतबाट पक्राउ गरी बुधबार राती सप्तरीको रुपनीमा ल्याएर ईन्काउन्टर गरेको आरोप लगाउँदै युवाहरु आन्दोलित भएका हुन् ।

यता नेपाल प्रहरीले चेकजाँचका क्रममा चौधरीले शुरुमै गोली प्रहार गरेको र प्रतिरक्षामा फाइरिङ गर्दा उनको मृत्यू भएको जनाएको छ । तराईमा आपराधिक गतिविधि र चन्दा असुली लगायतका क्रियाकलापमा संलग्न रहेको आरोप चौधरी माथि लागेको थियो ।

मधेशका युवाहरुलाई गृहमन्त्री बादलकै ईसारामा प्रहरीले ताकी ताकी विना कारण युवाहरुलाई गोली हान्दै गरेको भन्दै विरोधमा पूतला दहन गरिएको हो । जस्तोसुकै अपराधीलाई प्रहरीले पक्राउ गरेपछि हत्या गर्न नहुने भएपनि उन लाई गैर न्यायिक तवरले हत्या गरेको भन्दै परिवारजन आन्दोलित भएका छन् । प्रदेश प्रहरीको टोली समेत योजनावद्ध रुपमा उनलाई इन्काउन्टर गरेको हो । प्रहरीले दीपेन्द्रले नै पहिले गोली चलाएको बताएपनि घटनाको प्रकृति भने त्यस्तो नदेखिएको प्रत्यक्षदर्शीहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
mysterious Death Nepali Girl in India
एसइइ परिक्षामा करिब दस हजार सहभागी हुँदै

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com