काठमाडौं । कम्युनिष्ट सरकारको विरुद्धमा नेपाल विद्यार्थी संघले आज साँझ काठमाडौंमा राँके जुलुस निकालेको छ। सरकारले चिकित्सा शिक्षा विधेयक पास गरेको विरोधमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राँके जुलुस हो ।
बबरमहलबाट निस्केको राँके जुलुस नयाँ बानेश्वरतर्फ अगाडि बढेकोमा प्रहरीले रोक्दा मुडभेटको स्थिती सिर्जना भएको थियो ।
सरकारले जबरर्जस्ती विधेयक पारित गरेको भन्दै संघले तत्काल विधेयक संशोधन नगरे कडा आन्दोलनमा उत्रिने नेविसंघका केन्द्रीय सदस्य लिखीत श्रेष्ठले बताए । नेविसंघले अनसनरत डा गोविन्द केसीको मागलाई पनि तत्काल सम्बोधन गर्न सरकारलाई अनुरोध गरेको छ।