About Contact
०७ चैत्र २०७९, मंगलबार
Close
बिज्ञापन
गगनलाई धम्क्याउने महरलाई ऋषिकेशको जवाफ, ‘त्रिचन्द्र हाम्रै आँगन हो, जहाँ पनि भिड्न तयार छौ’

Darpanpost शुक्रबार, माघ ११, २०७५ मा प्रकाशित

featured photo: Darpanpost

काठमाडौं । नेपाली कांगेसका युवा नेता गगन थापाको अभिव्यक्तिलाई गलत नियतका साथ धम्कीपूर्ण अभिव्यक्ति दिने अखिलका महासचिव ऐन महरलाई विद्यार्थी नेता ऋषिकेश शाहले मुखभरीको जवाफ दिएका छन् ।

महरलाई सामाजिक सञ्जाल मार्फत शाहले यस्तो जवाफ फर्काएका छन् ।

प्रिय मित्र ऐन महर जी
अखिल महासचिब,बागबजार ।

जनतालाई शोषण गरी निश्चित मेडिकल माफ़ियाहरूको हित हुने गरी सरकारले बलजफती पास गर्न खोजेको चिकित्साशास्त्र बिधेयक माथी मुलुकको सबभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसको गंभीर असहमति रहेको देशलाई जानकारी छ। नेपाली कांग्रेस जनताको उत्थानको लागी जन्मिएको पार्टी हो जनताको पक्षमा लड़छ। यही बिषयमा जारी असहमतिलाई लिएर नेपाली कांग्रेसका लोकप्रिय नेता गगन थापालाई तपाईले व्यक्तिगत रूपले चुनौती दिएको देखेर उदेक लागेको छ। तपाईको अभिव्यक्तिले नेतादेखी कार्यकर्ता समेतमा रहेको दुई तिहाईको दम्भ सदनदेखि सडक हुदै बजारदेखि गाऊँ सम्म छताछुल्ल भएको छ।

दुई तिहाई जनमत देशको समृद्धि र बिकासका लागी प्राप्त भएको थियो तर दुई तिहाई जनमत प्रदान गर्ने तिनै जनतालाई शोषण, लूटपाट,असुरक्षा र डरधम्की दिएर जाने हो भने नेपाली कांग्रेस र यसका कार्यकर्ता चुप लागेर बस्ने अवस्था रहदैन।

लोकतान्त्रिक परिपाटीको सुरक्षा , जनताको हक र हित अनि न्यायका लागी , अन्याय अत्याचार र भ्रस्टाचारका विरुद्ध हामी उभिने छौ । त्रिचन्द्रको कुरा नगरौ त्यो त हाम्रै आगन हो हामी कम्युनिस्ट अधिनायकबादका विरुद्ध सबै क्याम्पस, सबै स्कूल र देशका क़ुना कंदरा सबैतिर लडन तयार छौ।

दुई तिहाईको दम्भ परित्याग गरौ । देशलाई लोकतान्त्रिक संसदिय परिपाटी र बिधान अनुसार संचालन गरौ । यो देशलाई अशान्तिको दलदलबाट निकालेको कांग्रेसले यो देशमा पहिलो पटक मुक्तिसेना गठन गरी राणा शासनको अन्त गरेको थियो स्मरण रहोस ।

तपाईको प्रतिक्रिया के छ ?
<

सम्बन्धित

ताजा अपडेट
बर्दघाट नगरपालिकाको टोलि जग्गा माग्दै मन्त्रालयमा
राष्ट्रिय क्रिकेट टीमका काप्तान पाैडेललाई पश्चिम नवलपरासीमा भव्य स्वागत तथा सम्मान

हाम्रो बारेमा

दर्पण पोष्ट समाजको दर्पण बनाउने .उद्देश्यले शिखा मिडिया प्रा.लिले संञ्चालनमा ल्याएको नेपाली भाषाको डिजिटल पत्रिका हो । समाजमा घट्ने विभिन्न घटना परीघटनाहरुलाई निपक्ष्य हिसाबले पाठक समक्ष पुर्याउन हामी प्रतिवद्ध छौँ । नेपालको विभिन्न स्थानमा भएका हाम्रा संवाददाताहरुको माध्यमबाट समाचारलाई यथासिघ्र सहज र सजिलो माध्यमबाट प्रवहा गर्नु हाम्रो प्रमुख उद्देश्य हो । तपाइको साथ सहयोग र प्रतिक्रियाको सधैँ अपेक्षा राख्दछौँ । हामीले प्रकाशन गरेका समाचार, लेख रचना प्रति तपाइको कुनै टिप्पणी छ भने कृपया जुन सुकै माध्यमबाट हामीलाई सम्प्रेशण गरीदिनुहुन विनम्र अनुरोध गर्दछौँ ।

दर्ता विवरण

    सूचना विभाग दर्ता नंः १२३२/०७५–७६ 

If you have any questions, Please Contact Us

 

Address

Official Contact
Shikha Media Pvt.Ltd.
Sunwal-1, Nawalparasi, Province No. 5, Nepal
Contact No : 9861886471, 9806977770
Email :[email protected]

Web :- www.darpanpost.com